Thursday 14th May 2026

मोटोपन बढेर चिन्तित हुनुहुन्छ ? १० मिनेट दिनुस्, तौल घटाउनुस्

8 years अगाडी

एजेन्सी । मोटाएर चिन्तित हुनुहुन्छ चिन्ता नगर्नुस् अव १० मिनेट मात्र समय लगाएर मोटोपनको समस्या समाधान गर्न सक्नुहुन्छ। हालै गरिएको एक शोधले नियमित रुपमा १० मिनेटसम्म जाडोमा बसेर काँप्दै क्यालोरी घटाउने हो भने मोटो पन ह्वात्तै घट्ने देखाएको छ।

युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताहरुले चिसो ठाउँमा अभ्यास गर्दा शरीरमा क्यालोरी बर्न धेरै हुने र ब्राउन फ्याट तयार हुने हुन्छ जसले मोटो पन घटाउन सहयोग गर्छ भनिएको छ।

बैज्ञानिकहरुका अनुसार फ्याट २ प्रकारको हुन्छ ह्वाइट फ्याट र ब्राउन फ्याट ह्वाइट फ्याट शरीरलाई उर्जा दिन्छ भने ब्राउन फ्याट क्यालोरी बर्न गर्न सहायक हुन्छ ।

शरीरमा प्रतिदिन ५० ग्राम मात्र ब्राउन फ्याट पैदा गर्न सक्यो भने त्यसले ३०० क्यालोरी कम गर्छ। १५ डिग्री सेल्सियस भन्दा चिसो ठाउँमा १० मिनेट शारीरिक अभ्यास गर्दा मोटोपन घटाउन प्रयाप्त हुने ब्राउन फ्याट पैदा गर्न सकिन्छ। जसले मोटोपना घटाउँछ।

          October 31, 2018 10:36 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...