भाइटीकाको उत्तम साइत सार्वजनिक
काठमाडौ, १५ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ को भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको हो ।समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सहितको टोलीले शुभ बेलाको साइत घोषणा गरेको हो । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ ।
कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ ।कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् ।कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ ।
November 1, 2018 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने