यौन जिज्ञासा, के वीर्य बाहिर नआए मोटाइन्छ ? यस्तो छ यथार्थ
म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?
गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।
वीर्य बाहिर निस्कने कुरा – तपाईंलाई थाहै होला, वीर्य र शुक्रकीट फरक कुरा हुन् । वीर्यमै अण्डकोषमा बनेका शुक्रकीट पनि हुन्छन् । महिलाको डिम्बसँग शुक्रकीटको मिलन सन्तान उत्पत्तिका लागि आवश्यक हुन्छ । कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ । यो स्वभाविक कुरा हो । यसले तपाईंहरूलाई कुनै असजिलो हुन्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । अर्को कुरा, तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।
यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ । यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त शुक्रकीट पुग्छन् । सामान्यत: यसरी वीर्य बाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।
परिवार नियोजन, योनिमा वीर्य झार्ने र मोटोपनको कुरा – तपाईंको जिज्ञासा प्रस्ट छैन । एकातिर पातली भएको कुरा गर्नुभएको छ भने अर्को वाक्यमा परिवार नियोजनलाई जोड्दै वीर्य योनिमा झारेर बाहिर नआए मोटाउने विषयमा जिज्ञासा राख्नुभएको छ । मैले यही सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु । परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यत: व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो । त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने गर्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । तपाईंले गर्भनिरोधक चक्की सेवन गर्नुभएको कुरा लेख्नुभएको पनि छैन ।
अब परिवार नियोजन गर्दा वीर्य बाहिर झर्ने/नझर्ने सन्दर्भमा कुरा गरौं । गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।
वीर्य बाहिर ननिस्किए मोटाइन्छ ? – वीर्यमा भएका शुक्रकीटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वीर्य निर्माणमा धेरै रगत चाहिने भएकाले वीर्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वीर्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।
रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वीर्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ । त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन । फेरि यो कुरा योनिमा वीर्य स्खलन भएको स्थितिमा पाइने होइन । वीर्य योनिबाट ननिस्किएको कारणले मोटाइने होइन । तपाईं यदि मोटाउन चाहनुहुन्छ भने पोषण एवं व्यायाममा ध्यान पुर्या उनु आवश्यक छ, न कि वीर्य योनिबाट बाहिर निस्कन नदिनुमा । – डा. भद्रा साप्ताहिकबाट
November 1, 2018 11:33 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण