लगातार राती काम गर्दा यौनमा कत्तिको असर पर्छ ?
स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छन् । तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ । त्यसमा पनि रातीको ड्युटी छ । तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ । कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला । कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ ।
स्वास्थ्य बिग्रन थालेपछि यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ । त्यसकारण आरामलाई पनि ध्यान दिनुहोला । राती अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राती काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नुभएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन । तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ ।
November 1, 2018 2:23 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन