नेपाल र थाइल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता, नेपालका जुनसुकै विमान थाइल्याण्ड जान सक्ने
काठमाडौं – नेपाल र थाईल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाइल्यान्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने बाटो खुलेको छ ।

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।
यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।
नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।
थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ ।
नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थाइल्याण्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।