नेपाल र थाइल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता, नेपालका जुनसुकै विमान थाइल्याण्ड जान सक्ने
काठमाडौं – नेपाल र थाईल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाइल्यान्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने बाटो खुलेको छ ।

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।
यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।
नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।
थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ ।
नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थाइल्याण्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण