कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती मनाईयो
माधब शाही
कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको देवकोटाको १०९ औं जन्म जयन्ती मनाईयो ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत शाखाका अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देनको रहेको थियो भने अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश राउत , लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन हमाल , पत्रकार नैना कला राई , निरेम प्रोडक्सनका पत्रकार राज मल्ल, माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल , नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु , तितो पाटी डट कमका फोटो पत्रकार चन्द्र बिश्वकर्मा , मनकामना मिडियाका प्रतिनिधि बिजय लामा , हिमाली संचार डट कमका अध्यक्ष कमल सिम्ताली लगायत कुवेत लाई कर्म थलो बनाई बसेका साहित्य प्रेमीहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतका महासचिब राज श्रेष्ठले उपस्थित आगन्तुकहरु लाई मन्तब्यद्वारा स्वागत गरेका थिए भने अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली राष्ट्रिय गीतको धुन सँगै कार्यक्रमको सुरुवात गरीएको थियो भने कार्यक्रम सभापती,प्रमुख अतिथी , अतिथीहरुले सामुहिक रुपमा लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प अक्षता अर्पण गरी कार्यक्रम उद्घाटनगरीयको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन ,पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश राउत , लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन हमाल , माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल , नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु , पत्रकार नैना कला राई लगायतले लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्तीको उपलक्ष्यमा शुभकामना मन्तब्य राखेका थिए ।

बक्ताहरुले शुभकामना मन्तब्य संगै गजल , कविता, मुक्तक वाचनगरेका थिए भने प्रवासमा भय पनी लक्ष्मी प्रसाददेवकोटाको १०९ औं जन्म जयन्ती मनाउन पाउँदा खुशी ब्यक्त गर्दै आयोजक प्रती आभार प्रकट गरेका थिए ।

समाजका महासचिब राज श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रष्टाएका थिए ।लक्ष्मीप्रसाद देवकोटाको शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपालप्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन छ ।तीन महिनामा ‘शाकुन्तल’महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कवितालेख्न सक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनिअद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।

कार्यक्रममा ज्ञान बिष्ट , बद्री न्यौपाने , प्रविन आचार्य , चन्द्र बिस्वकर्मा लगायतले कविता , गजल मुक्तक बाचन गरेका थिए ।

सभापती हिमाल अन्जानले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भयको घोषणा गरेका थिए ।






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण