निर्मला पन्त हत्या : वास्तविक डिएनए परीक्षण गर्न माग
काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नको लागि आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न सरकारसँग माग गरिएको छ।निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आइतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परीक्षण गर्न दवाब दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ।
सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परिक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले जानकारी दिए।अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा प्रर्दशन गर्दै आएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिन वित्दा समेत सरकारले पत्ता लगाउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ।
November 4, 2018 2:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा