तिहार पर्व सुरु आज काग तिहार
काठमाडौँ, १९ कात्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ ।
फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ
काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउँछन् । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् । वीपी सङ्ग्रहालय प्रमुख पर्शुराम पोखरेलका अनुसार दशैँका बेला लाग्ने कागेश्वरी मेला भने यो होइन ।
कागेश्वरी मेलाका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाए जसरी देखाइने गरेको कागको प्रतिमा गायव भएपछि यहाँ कागको नयाँ प्रतिमा स्थापना गरिएको हो ।
गायव भएको कागको प्रतिमाको खोजी होस् भन्ने जनमाग रहेको उनी बताउँछन् ।यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।राजधानीको जयवागेश्वरीस्थित नेपालमा एकमात्र धनवन्तरी मन्दिरमा वागमती अञ्चल आयुर्वेद औषधालय र जयवागेश्वरी युवा क्लवले पूजा अर्चना सहित विशेष समारोहको आयोजना गरेका छन् ।
November 5, 2018 10:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन