महिलाले हस्तमैथुन गर्नु लाभदायक कि हानीकारक ?
एजेन्सी। पुरुषले हस्तमैथुन गर्नु सामान्य मानिन्छ तर यही कुरा महिलाको हकमा भने असामान्य मानिन्छ । हस्तमैथुनलाई आम रुपमा अश्लीलताको दृष्टिले हेरिन्छ । यसलाई स्वास्थ्यको दृष्टिले भने निकै कम हेरिन्छ । महिलाको लागि हस्तमैथुन लाभदायक हुन्छ कि हानीकारक ? यस विषयमा कमै बहस हुने गरेको छ । एक अनुसन्धानअनुसार १८ वर्षभन्दा माथिका महिलाहरुले कम्तीमा उक पटक हस्तमैथुन गरेको पाइएको थियो ।
इंडियाना युनिभर्सिटीको सर्वेक्षण अनुसार २५ देखि २९ वर्षको उमेरको बीचका ७.९ प्रतिशत महिलाहरु हप्तामा २ देखि ३ पटक हस्तमैथुन गर्छन् । अर्कोतर्फ २३.४ प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक हस्तमैथुन गर्छन् । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ अनुभव हो । चरमउत्कर्षबाट एन्डरफिन्स डोपामाइन र अक्सिटोरिन निस्कन्छ जसले मानिसको मुड राम्रो बनाउन सहयोग गर्छ । यसबाट मानिस आत्मविश्वासले भरिएको देखिन्छन् । यसबाट शरीरप्रति सहज महसुस हुन्छ ।
यौन सम्बन्धको इच्छा भएका बेला पार्टनर उपलब्ध नहुनु वा अन्य कुनै कारणल यौन सम्बन्धको वातावरण नभएमा हस्तमैथुन सही विकल्प हो । यसबाट तनाव कम हुन्छ । चरमउत्कर्षबाट शारीरिक र भावनात्मक तनावबाट मुक्ति मिल्छ । यसबाट राम्रो निद्रा पाउन सहयोग मिल्छ । डाक्टरका अनुसार किताब पढेर जति राम्रो निद्रा लाग्छ हस्तमैथुनबाट पनि उत्तिकै राम्रो निद्रा पाउन सकिन्छ । यसबाट मानिस शान्त र तनावरहित हुन्छ ।
केही महिलाहरुलाई हस्तमैथुन गर्दा महिनावारीका बेला हुने पीडा कम हुने गरेको समेत पाइएको छ । हस्तमैथुनबाट शरीरमा रगतको प्रवाह बढ्छ जसले शरीरका विभिन्न तन्तु तथा अंगहरुको कामको प्रभावकारिता पनि बढ्छ । हस्तमैथुन गर्दा कुनै नकारात्मक असर पर्दैन । यसले कुनै शारीरिक हानी गर्दैन न तपाइँ बिरामी पर्नुहुन्छ न गर्भवती हुने डर रहन्छ ।
November 5, 2018 11:15 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण