कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले एक चेलीको उद्धार गर्यो

कुवेत – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ ।
बिगत तीन महिना देखी ऊनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको मालिक लाई बारम्बार उपचारका लागि अस्पताल लैजान भने पनि एक पटक मात्र लगेको तर उनलाई पत्थरी भएको डाक्टरले बताएका थिए ।
पटक – पटक आफू लाई अस्वस्थ महशुस हुँदा अस्पताल लैजान भनी घर मालिक लाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताएकी छिन् । बिगत ३ महिना देखि निरन्तर तल्लो पेट दुख्ने, पत्थरीको समस्याले गर्दा निरन्तर पेट दुखिरहने र चक्कर लागेर ४ पटक ढल्दा समेत उपचार गराउन नलगेको बताएकी छिन ।
सिकिस्त बिरामी हुँदा पनि निरन्तर काम गर्नु परेको र लामो समय देखी घरमा जान्छु भनि घर मालिक लाई अनुरोध गर्दा पनि आनाकानी गर्ने गरेको बताएकी छिन । घर मालिकले भन्यो घर जाने भए आफैले टिकट लिनु पर्ने र ३ महिनाको तलब पनि छोडेर जानू पर्ने भने पछि उनी समस्यामा परेकी थिइन । उनको घरमा २ छोरा र १ छोरी छन । धन कमाउन बिदेश आएकी आमाको स्वास्थ्य अवस्था ठिक नहुदा छोरा – छोरी समेत दुखित भएका छन ।
नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतको सचिब रोल बहादुर बिश्वकर्माको विशेष पहलमा कुवेती लाई पासपोर्ट दिनको लागी अनुरोध गरेको र कुवेतीले पासपोर्ट दिन सहमत भए पछि हिजो टिकट लिएर घर सम्म पुग्नको लागि बाटो खर्च समेत सस्थाले दिएको अध्यक्ष भिम बहादुर गदलले जानकारी दिएका छन ।
कुवेतको नेपाली समाजमा मात्र नभई स्वदेशमा समेत स्थापना कालदेखि नै सस्थाले उल्लेख्य कार्य गर्दै आएको छ । आफ्नो गास कटाएर भएपनि समस्यामा परेका नेपालीहरु, दुखी, गरिब, असहाय र समस्यामा परेका नेपाली चेलीबेटीको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।
November 5, 2018 10:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा