कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले एक चेलीको उद्धार गर्यो

कुवेत – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ ।
बिगत तीन महिना देखी ऊनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको मालिक लाई बारम्बार उपचारका लागि अस्पताल लैजान भने पनि एक पटक मात्र लगेको तर उनलाई पत्थरी भएको डाक्टरले बताएका थिए ।
पटक – पटक आफू लाई अस्वस्थ महशुस हुँदा अस्पताल लैजान भनी घर मालिक लाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताएकी छिन् । बिगत ३ महिना देखि निरन्तर तल्लो पेट दुख्ने, पत्थरीको समस्याले गर्दा निरन्तर पेट दुखिरहने र चक्कर लागेर ४ पटक ढल्दा समेत उपचार गराउन नलगेको बताएकी छिन ।
सिकिस्त बिरामी हुँदा पनि निरन्तर काम गर्नु परेको र लामो समय देखी घरमा जान्छु भनि घर मालिक लाई अनुरोध गर्दा पनि आनाकानी गर्ने गरेको बताएकी छिन । घर मालिकले भन्यो घर जाने भए आफैले टिकट लिनु पर्ने र ३ महिनाको तलब पनि छोडेर जानू पर्ने भने पछि उनी समस्यामा परेकी थिइन । उनको घरमा २ छोरा र १ छोरी छन । धन कमाउन बिदेश आएकी आमाको स्वास्थ्य अवस्था ठिक नहुदा छोरा – छोरी समेत दुखित भएका छन ।
नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतको सचिब रोल बहादुर बिश्वकर्माको विशेष पहलमा कुवेती लाई पासपोर्ट दिनको लागी अनुरोध गरेको र कुवेतीले पासपोर्ट दिन सहमत भए पछि हिजो टिकट लिएर घर सम्म पुग्नको लागि बाटो खर्च समेत सस्थाले दिएको अध्यक्ष भिम बहादुर गदलले जानकारी दिएका छन ।
कुवेतको नेपाली समाजमा मात्र नभई स्वदेशमा समेत स्थापना कालदेखि नै सस्थाले उल्लेख्य कार्य गर्दै आएको छ । आफ्नो गास कटाएर भएपनि समस्यामा परेका नेपालीहरु, दुखी, गरिब, असहाय र समस्यामा परेका नेपाली चेलीबेटीको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।
November 5, 2018 10:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।