आमाले फ्यालेर हिँडिन् :बेवारीसे शिशुलार्इ महिला प्रहरीले गराईन स्तनपान, दुनियाँका आँखा रसायो !
अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्। अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।
उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालार्इ स्तनपान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए।
तस्विर पोस्ट भएलगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलार्इ भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए। रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालार्इ यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन्।
November 6, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन