

बन्दी जिबन बिताएका एक युवा को उद्धारका लागी सुरु भयो ब्लड मनि संकलन अभियान ।

साउदी अरब – नेपाल बराह क्षेत्र – ६ (हाल बराह न.पा. -०२) सुनसरी घर भएका ब्लड मनि तिर्न नसक्दा गत मे २०१६ (३२ महिना) देखी बुरैदा अल कासिम जेलमा बन्दी जीवन बिताइरहेका भुपाल बस्नेतको उद्धारका लागी गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको पहलमा नेपाली प्रवासी समन्वय समिति (PNCC) ले उद्धारका लागि ब्लड मनि संकलन अभियान सुरु गरेको छ ।
निज बस्नेत आफ्नो वैदेशिक रोजगारको सिलसिलामा गत ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेकाट्राफिक दुर्घटनामा एक साउदी नागरिकको घटनास्थलमै मृत्यु हुँदा निज बस्नेतको २५% गल्ती देखाइ क्षेती पुर्ती रकम ७५,३०० साउदी रियल तिर्नुपर्ने भएपनि कम्पनी को सहयोगले क्षेतिपुर्ती रकम नतिरिकन नेपाल फर्केका र पुनः एक बर्ष पछि अर्कै नयाँ कम्पनीमा साउदी आउँदा बुझाउनु पर्ने क्षेतिपुर्ती रकम को अभिलेख, कायमै रहेको देखिएकोले निज बस्नेत रियाद स्थित अध्यागमनबाट नै पुलिस को जिम्मा लगाइ कासिम जेलमा राखिएको थियो ।
निज बस्नेत जेलमा रहेको कुरा मारम कम्पनीद्वारा जानकारी मिलेको र एन सि सि सचीव तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठ को समन्वयमा नेपाली दूतावास रियादलाई जानकारी गराइ उहाँको सहयोग र रिहाइका लागि दूतावास रियादका प्रतिनिधिहरु भुतपुर्व प्रथम सचिब बिजय राउत, दूतावास श्रम सहचारी अम्बिका अधिकारी हरु जेलमा गइ पीडित पक्ष सित रकम मिनहाका लागी अपील गरिएता पनि मिनहा नहुँदा तथा परिवारले नेपालमा श्रम मन्त्रालय तथा अन्य संघ सस्थामा सहयोगको लागी निवेदन पेस गरिए पनि सहयोग प्राप्त गर्न नसक्दा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले उहाँको उद्धारका लागी सहयोगार्थ रकम संकलन गर्नलाइ पहल गरेको हो ।
बस्नेतको उद्धारका लागी सहयोगार्थ रकम संकलन गर्न गत जुलाई २०१८ देखि पहल गर्दै गत २७ जुलाई २०१८ का दिन छिमेकी संस्थाहरु गन्तब्य नेपाल उनैजा र नेपाली प्रावासी समाज हाइल लाई समेत जानकारी दिदै बस्नेतको उद्धारका लागि सबैमा अपील गरिएको थियो ।
जस अनुसार एन आर एन ए क्षेत्रीय समिती अल कासिमको पहलमा ८०३१ साउदी रियल जम्मा गरिए संगै गन्तब्य नेपाल उनैजा द्वारा संकलित सहयोगार्थ रकम ७००३ साउदी रियल गत २६ अक्टोबर २०१८ का दिन एक भब्य समारोहका बिच गन्तव्य नेपालका सकृय अभियन्ता यादव घिमिरे, तुल्सीराम गुरुङ तथा अन्य अभियन्ताको हातबाट र नेपाली प्रवासी समाज हाइल द्वारा संकलित सहयोगार्थ रकम १०५१ रियल गत २४ अगस्ट २०१८ का दिन अधिबेशन कार्यक्रमका बिच नेपाली प्रवासी समाज हाइलका अध्यक्ष होम राज बस्तोलाको हातबाट आर सि सि अल कासिमलाइ हस्तान्तरण गराइएको थियो ।
यसरी संकलित तिनवटै संस्थाको जम्मा रकम १६०८५ साउदी रियल ( ४,९३,३०४ नेपाली रुपैयाँ ) ५ नोभेम्बर २०१८ का दिन आर सि सि अल कासिमका प्रतिनिधि सुर्य गिरिद्वारा हस्तान्तरण गर्दै गर्दा प्रेम बचाउ अभियान बाट पनि दुइलाख नेपाली रुपैया प्राप्त भएको र सबै रकम जम्मा ६,९३,३०४ रुपैयाँ PNCC को उद्धार खातामा जम्मा गरिएको छ भने बाँकी अपुग रकमको लागी प्रवासी नेपाली समन्वय समिती (PNCC) ले जिम्मेवारी लिएको छ ।
यो बस्नेत उद्धार सहयोगार्थ अभियान लाइ सतहमा ल्याउन एन आर एन ए क्षेत्रीय समन्वय समिती अल कासिम परिवार, एन सि सि सचिब विशाल श्रेष्ठ, एन सि सि युवा संयोजक राज कुमार श्रेष्ठ, एन सि सि सह कोषध्यक्ष योगेन्द्र श्रेष्ठ, सल्लाहकार तथा नि बर्तमान का.बा अध्यक्ष मनिष कोईराला, हरुको महत्त्वपूर्ण भुमिका रहेको थियो भने छिमेकी संस्थाहरु गन्तव्य नेपाल उनैजा तथा, नेपाली प्रावासी समाज हाइल द्वारा पुर्ण समर्थन दिदै साथ दिएका थिए ।
यस कार्यको लागी पुर्ण सफल बनाउनका लागि जिम्मेवारी लिदै ब्लड मनि संकलन अभियानका लागि परोपकारी तथा सामाजिक संस्था प्रवासी नेपाली समन्वय समिती (PNCC) ले एक बिग्यप्ती निकाली देश बिदेशमा रहनुहुने सम्पुर्ण संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ सहयोगको लागी आव्हान गरेको छ ।
श्रोतः रम्जान दिन मियाँ, साउदी अरब
November 7, 2018 7:01 am | प्रवास

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

