छातीको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाकाे आज शल्यक्रिया हुँदै
भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जुम्ल्याहा बच्चा जन्मेका थिए । १५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्रबार शल्यक्रिया गर्दैछन् । उनीहरुको कलेजो एउटै भएको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुले ती दुवै बच्चालाई छुट्याउने शल्यक्रिया शुक्रबार गरेका छन् ।
तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न झण्डै ६ घण्टा लाग्ने डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार हजारौं बच्चाहरुमध्ये केही बच्चाहरुमा मात्रै त्यस्तो समस्या हुने गरेको छ ।
बच्चाहरुको शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख अमेरिकी डलर भन्दा बढी खर्च हुनसक्ने बताएका थिए ।
निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए । भिक्टोरियामा उनीहरुको शल्यक्रिया गरिँदै छ । मेलबर्नको रोयल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुले शुक्रबार शल्यक्रिया मिति तोकेअनुसार आज उनीहरुको शल्यक्रिया हुँदैछ ।

शल्यक्रिया १८ जना चिकित्सकको टोलीको सहभागिता हुने छ । अन्य सहयोगीको पनि सहभागिता हुने जनाइएको छ । दुवैजनाको छातीको भाग जोडिएको छ भने टाउको र खुट्टापट्टिको भाग भने ठिक अवस्थामा छ ।
भुटानको सरकारले उनीहरुको उपचार खर्च दिने जनाएको छ । पछिल्लो जानकारी अनुसार उनीहरुको उपचारमा ३ लाख ५० हजार अमेरिकी डलर खर्च हुने डाक्टरहरुले बताएका छन् ।
दुवै बच्चाहरु छोरीहरु हुन् । सन् २००९ मा बंगलादेशका टाउको जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा तृष्णा र कृष्णाको शल्यक्रिया सफल भएको थियो । उनीहरुको ‘ब्रेन टिस्यु’ र ‘ब्लड भेसल’ जोडिएको थियो । उनीहरु अहिले मेलबर्नमा नै बसेका छन् ।उज्यालो बाट
November 9, 2018 2:43 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।