छातीको भाग जोडिएको अवस्थामा जन्मिएका भुटानका जुम्ल्याहा बच्चाकाे शल्यक्रिया सफल
भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया सफल भएको छ ।
१५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्रबार शल्यक्रिाया गरेका थिए । ६ घण्टाको समय लगाएर डाक्टरहरुले बच्चाको शल्यक्रिया गरेका हुन् ।
भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा शल्यक्तिया भएको हो ।
तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख ५० हजार अमेरिकी डलर भन्दा बढी खर्च हुने बताएका थिए ।
निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए । मेलबर्नको रोयल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुले शुक्रबार उनीहरुको सफल शल्यक्रिया गरेका हुन् । उनीहरुको कलेजो जोडिएको थियो ।

शल्यक्रिया १८ जना चिकित्सकको टोलीको सहभागिता थियो । भुटानको सरकारले उनीहरुको उपचार खर्च दिने जनाएको छ ।
November 10, 2018 3:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा