छातीको भाग जोडिएको अवस्थामा जन्मिएका भुटानका जुम्ल्याहा बच्चाकाे शल्यक्रिया सफल
भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया सफल भएको छ ।
१५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्रबार शल्यक्रिाया गरेका थिए । ६ घण्टाको समय लगाएर डाक्टरहरुले बच्चाको शल्यक्रिया गरेका हुन् ।
भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा शल्यक्तिया भएको हो ।
तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख ५० हजार अमेरिकी डलर भन्दा बढी खर्च हुने बताएका थिए ।
निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए । मेलबर्नको रोयल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुले शुक्रबार उनीहरुको सफल शल्यक्रिया गरेका हुन् । उनीहरुको कलेजो जोडिएको थियो ।

शल्यक्रिया १८ जना चिकित्सकको टोलीको सहभागिता थियो । भुटानको सरकारले उनीहरुको उपचार खर्च दिने जनाएको छ ।
November 10, 2018 3:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन