Thursday 14th May 2026

बिहानै खाली पेटमा चिया पिउँनु स्वास्थ्यकालागि हानिकारक ! यस्ता छन् बेफाइदाहरु

8 years अगाडी

बिहानै उठेर चिया पिऊने प्राय हामी सबैको बानी हुन्छ । तर हामीमध्ये धेरैलाई थाहा पनि नहुन सक्छ खालिपेटमा चिया पिउनु हानिकारक छ । हालै गरिएको एक अध्ययनले पनि खाली पेटमा चिया पिउनु राम्रो नहुने प्रमाणित गरेको छ । विशेष गरी गर्मी मौसममा खाली पेटमा चिया पिउदा स्वास्थ्यमा हानि हुने समेत अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तसर्थ बिहान चिया पिउने नै हो भने तपाईले विहान उठेर हल्का नास्ता खाइसकेपछि मात्र चिया पिउने गर्नुहोस्।

यस्ता छन् विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ।

कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउँनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ।सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन्।अधिकांश मानिस दूध चिया पिउने गर्दछन्। तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन रिसाउने स्वाभाव आदि आउँछ।

          November 11, 2018 11:37 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...