Tuesday 26th August 2025

मुख्यमन्त्री पौडेलका लागि बिजुलीबाट चल्ने कार किनियो

7 years अगाडी

मकवानपुर – तीन नम्बर प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ ।

सूर्या गुड्स सप्लाई प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बीवाईडी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको छ ।

विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ । पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको त्यो कार ५५ लाख रुपैयाँमा खरिद गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेटमा ३ नम्बर प्रदेशमा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना प्रस्तुत गरिएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरिद गर्ने प्रक्रिया चलाएको बताउनुभयो ।रासस

          November 12, 2018 9:33 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...