प्रेमीले धोका दिएपछि भूतसँगै माया भूतसँगै बिहे, र.. पनि
एजेन्सी । यसलाई अन्धविश्वास वा पागलपन भनौं इंग्ल्याण्डकी एक महिला अब भूतसँग बिहे गर्न लागेकी छन् । दुनियालाई चकित पार्दै उनले कयौं भूतसँग शारीरिक सम्बन्ध पनि बनाएको खुलासा गरेकी छन् । भूतसँथ बिहे गर्ने भने पछि यी महिला निकै चर्चित बनेकी छन् । महिलाले एक गुफामा आफूलाई भूत भएका आभास भएको बताइन । हैरान गर्ने अर्को खबर त के छ भे यी महिलाले भूतसँग बिहे गर्ने भएपछि सो बिहेको सबै खर्च एक होटल तथा रिजर्टले व्यहोर्ने घोषणा गरेको छ ।
ऐमेथिस्ट रेल्म नामकी यी महिलाले गएको हप्ता आफूले शारीरिक सम्बन्ध बनाएको भूतले इंग्ल्याण्डको समरसेट नजिकैको भूकी गुफामा बिहेको प्रस्ताव गरेको खुलासा गरेकी थिइन् । उनले पहिलो पटक भूतको आवाज सुनेकोसमेत बताएकी छन् । उनले भूतको प्रस्ताव आफूले स्वीकारसमेत गरेको बताइन् । उनका अनुसार यो अनौठो जोडीले कुनै दुरदराजमा पुगेर बिहे गर्ने योजनासमेत बनाएको छ ।
महिलाले करिब १२ वर्ष पहिला आफ्नो ब्रेकअप भएको र त्यसपछि भूतको सम्पर्कमा पुगेको बताएकी छन् । उनले १२ वर्षमा कयौं भूतसँग सम्बन्ध बनाएको बताएकी छन् । ब्रिस्टल सहरकी यी ३० वर्षीया महिला पेशाले धार्मिक सल्हाकार हुन् । उनी केही समय पहिला एक् टिभी शोमा सहभागी भएकी थिइन् । उनले त्यहाँ भूतसँग सम्बन्ध बनाएको बताएर दर्शक तथा कार्यक्रम प्रस्तोतालाई चकित पारेकी थिइन् । तर हालसम्म महिलाले बिहेको मिति पनि सार्वजनिक गरेकी छैनन् भने खर्च व्यहोर्ने होटलको अफर पनि स्वीकार गरेकी छैनन् । । तर, उनले बिहेपछि भूतका बच्चाकी आमा हुने बताएकी छन् ।
November 13, 2018 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन