प्रेमीले धोका दिएपछि भूतसँगै माया भूतसँगै बिहे, र.. पनि
एजेन्सी । यसलाई अन्धविश्वास वा पागलपन भनौं इंग्ल्याण्डकी एक महिला अब भूतसँग बिहे गर्न लागेकी छन् । दुनियालाई चकित पार्दै उनले कयौं भूतसँग शारीरिक सम्बन्ध पनि बनाएको खुलासा गरेकी छन् । भूतसँथ बिहे गर्ने भने पछि यी महिला निकै चर्चित बनेकी छन् । महिलाले एक गुफामा आफूलाई भूत भएका आभास भएको बताइन । हैरान गर्ने अर्को खबर त के छ भे यी महिलाले भूतसँग बिहे गर्ने भएपछि सो बिहेको सबै खर्च एक होटल तथा रिजर्टले व्यहोर्ने घोषणा गरेको छ ।
ऐमेथिस्ट रेल्म नामकी यी महिलाले गएको हप्ता आफूले शारीरिक सम्बन्ध बनाएको भूतले इंग्ल्याण्डको समरसेट नजिकैको भूकी गुफामा बिहेको प्रस्ताव गरेको खुलासा गरेकी थिइन् । उनले पहिलो पटक भूतको आवाज सुनेकोसमेत बताएकी छन् । उनले भूतको प्रस्ताव आफूले स्वीकारसमेत गरेको बताइन् । उनका अनुसार यो अनौठो जोडीले कुनै दुरदराजमा पुगेर बिहे गर्ने योजनासमेत बनाएको छ ।
महिलाले करिब १२ वर्ष पहिला आफ्नो ब्रेकअप भएको र त्यसपछि भूतको सम्पर्कमा पुगेको बताएकी छन् । उनले १२ वर्षमा कयौं भूतसँग सम्बन्ध बनाएको बताएकी छन् । ब्रिस्टल सहरकी यी ३० वर्षीया महिला पेशाले धार्मिक सल्हाकार हुन् । उनी केही समय पहिला एक् टिभी शोमा सहभागी भएकी थिइन् । उनले त्यहाँ भूतसँग सम्बन्ध बनाएको बताएर दर्शक तथा कार्यक्रम प्रस्तोतालाई चकित पारेकी थिइन् । तर हालसम्म महिलाले बिहेको मिति पनि सार्वजनिक गरेकी छैनन् भने खर्च व्यहोर्ने होटलको अफर पनि स्वीकार गरेकी छैनन् । । तर, उनले बिहेपछि भूतका बच्चाकी आमा हुने बताएकी छन् ।
November 13, 2018 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा