९ हजार लागनीमा फेसबुकमा व्यापार, ७ वर्षमा करोडपति
एजेन्सी । इंग्ल्याण्डमा आफ्नो दममा खडा भएकी एक महिलाले आफ्नो सक्सेस स्टोरी सुनाइन् । ७ वर्ष पहिला पार्टरनरबाट छुट्टिँदा ती महिलासँग दैनिक खर्चका लागि पनि पैंसा थिएन । उनलाई कुनै आईडिया थिएन, अब कसरी खर्च चलाउने । उनीमाथि ३ बच्चाको जिम्मेवारी पनि थियो ।
उनले आफुसँग रहेको ९ हजार रुपैयाँ पनि विजनेसमा लगाइन् र फेसबुकका माध्यमबाट कपडा बेच्न शुरु गरिन् । यो आईडियाबाट उनलाई यस्तो सफलता मिल्योकी उनले एक फेसन कम्पनी नै बाइन् ।
१० स्टाफले काम गर्छन् । यो वर्ष यो कम्पनीको टर्नओभर ३७ करोड पुगेको छ ।
डेर्बीशायरकी ३४ वर्षीया बेथ बारट्र्यामलाई उसका पार्टनरले छोडिदिए । बेससँग आयआर्जनको कुनै माध्यम थिएन । उनीसँग ठूलो बचत पनि थिएन । यतिमात्र होइन उनीमाथि ३ बच्चाको जिम्मेवारी पनि थियो । उनलाई अब के गर्ने केही सुझिरहेको थिएन ।
२०११ को कुरा हो । बेथ आफ्ना बच्चासहित काउन्सिल होम शिफ्ट भइन् । तर, उनलाई घर चलाउन समस्या भइरहेको थियो । त्यसपछि उनले केही गर्ने सोँच बनाईन् ।
उनले कहिल्यै विश्वविद्यालय नगएकाले कुनै जागिर पाउन असम्भव भएको बताइन् । बेथको सँधैको सपना थिए यो वुटिक खोल्ने । र फेसबुमा कपडा बेच्ने उनका लागि राम्रो अवसर थियो ।
उनले आफूसँग बचेको सबै ९००० लागनी गरेर फेसबुकमा कपडा बेच्न शुरु गरिन् । उले हप्तामा १० जोड कपडा विक्रि भए पनि आफूलाई १०० डलर फाइदा हुने र त्यसले घर चलाउ सक्ने सोँचले व्यापार शुरु गरेको बताइन् । शुरु शुरुमा खासै मानिसहरु आफ्नो साइटमा नआए पनि हाफुले हिम्मत नहारेको उनले बताइन् ।
उनले आफ्नो उद्देश्य ५ ५ डलरमा धेरै सस्तो कपडा बेच्नुभन्दा आफ्ना ग्राहकलाई क्वालिटी रहेको बताइन् ।
उनले हरेक वर्ष आफ्नो कारोबार बढ्दै गएको बताइन् । उनले क्वालिटीले पहिचान दिलाएको बताइन् ।
बेथले आफ्नो फेशन कम्पनी फेयरलेस पनि बनाएकी छन् । केही रुपैयाँले शुरु गरिएको व्यापार ७ वर्षमा करोडौंको भयो । अब उनको जिल्दगीमा नयाँ पार्टनर पनि आएको छ । हाल उनी आफ्ना बच्चासहित श्रीमानको घरमा बस्छिन् ।
बेथले आफूहरुको मुख्य व्यापार इंस्टाग्राम र फेसबुकबाट चलेको बताइन् ।
November 13, 2018 11:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन