बाँदर आतंक, १२ दिनको बच्चाको ज्यान दिनेदेखि १ लाख ६० हजारसम्म लुट
एजेन्सी। भारतको आग्रामा यतिबेला एउटा बाँदरले आंतक मच्चाएको छ। घरमा देखियो रगतका थोपा कुनै गुण्डाबीचको झगडाको नतिजा होइन। यो बाँदर आतंक हो। आग्रा नजिकै रुनकता बस्तीमा यतिबेला बाँदरको यस्तो आंतक छ की मानिसहरु घर बाहिर निस्किनसमेत गराउँछन्।केही दिन पहिला उक्त बस्तीमा १२ दिनका एक बच्चालाई बाँदरले आक्रमण गरेर मारेको थियो। आमाले आफ्नो काखमा राखेर बच्चालाई दूध चुसाइ रहेकी थिइन्। त्यत्तिकैमा बाँदर आएर ती बालकको टाउकोमा चिथोर्न थाल्यो। आमाले बच्चालाई जोगाउने कोशिश गरिन् तर सफल भइनन्। आफ्नो काममा रहेको बच्चालाई गुमाउनु परेपछि आमाको अवस्था नाजुक छ।
यसअघि पनि बाँदरले ठूला बालकलाई पनि आफ्नो शिकार बनाइ सकेको छ। सकैको अनुहारमा घाउ देखिन्छ भने कसैको खुट्टामा पट्टी बाँधेको देखिन्छ। बाँदरले बच्चालाई मात्रै होइन ठूला मानिसलाई पनि बाँकी राखेको छैन। एक जना सुतिरहेकी महिलाको कान नै काटेर बाँलरले लग्यो।
यो बस्तीमा पछिल्लो समय पुरुषहरु हातमा लठ्ठी लिएर बाँदरलाई धपाइ रहेका देखिन्छन्।
बाँदर आतंकका कारण उनीहरु धेरैले आफ्नो जागिर छोडेका छन्। उनीहरुको दिनको सुरुवात बाँदर धपाउनेबाट सुरु हुन्छ। भारतीय संचारमाध्यमका अनुसार यहाँ एक हजार भन्दा धेरै बाँदर छन्। स्थानीयका अनुसार प्रशासनले अन्य क्षेत्रमा समाएका बाँदर पनि सोही क्षेत्रमा ल्याएर छोड्ने गरेको छ। गाउँलेका अनुसार उनीहरुले बाँदर आतंकका विषयमा सम्बन्धित क्षेत्रमा उजुरी पनि गरेका छन्। तर सुनुवाइ भएको छैन। सो क्षेत्रमा बाँदरले मानिसमाथि आक्रमण गर्ने मात्र नभएर लुट्ने पनि गरेका छन्। एक युवकको सुनको सिक्री लुट्ने क्रममा बाँदरले ती युवकलाई चार तलाबाट तल झारिदिएको थियो। त्यसबाहेक एक चाँदी व्यापारीको एक लाख ६० हजार पनि बाँदरले लुटेका छन्।
November 14, 2018 12:37 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन