५ वर्षकी बालिकाको आग्रहमा किन देशभरका मानिसले कागती खाएको फोटो पोस्ट गरे ?
एजेन्सी। अस्ट्रेलियामा अहिले सामाजिक संजालमा एक च्यालेन्ज निकै चर्चित छ । च्यालेन्जअनुसार मानिसहरुले कागती चुसिरहेको फोटो सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । उनीहरुले यो काम ५ वर्षकी एक बालिकाको आग्रहमा गरिरहेका छन् । यस्तो अनौठो आग्रह गर्ने बालिका राजधानी क्यानबेराका क्याथी र एडमकी ५ वर्षकी छोरी एनाबेल पोट्स हुन् । मानिसहरु एनाबेलका लागि यो विचित्रको च्यालेन्ज स्वीकार गर्दै कागती चुसिरहेको फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् ।
एनाबेल विगत २ वर्षदेखि प्राणघातक ब्रेन ट्युमरसँग जुधिरहेकी छिन् । एनाबेललाई जुन क्यान्सर भएको छ त्यसलाई ‘डिफ्युज डिफ्यूज इंट्रिन्सिक पोन्टिन ग्लिओमा’ भनिन्छ । यो रोग धेरैजसो बालबालिकालाई हुन्छ । यो रोगका कारण एनाबेलका गालाहरुमा पनि पक्षघात (प्यारालाइसिस) भएको छ जसका कारण उनी मुस्कुराउन पनि सक्दिनन् । दुई वर्ष पहिले डाक्टरले उनका अभिभावकलाई उनको समस्याको बारेमा बताउँदै भनेका थिए कि उनीहरुकी छोरीसँग ९ महिना मात्र छ ।
त्यसपछि क्याथी र एडमले छोरीको ज्यान बचाउन हरसम्भव कोसिस गरे । उनीहरु एनालाई लिएर मेक्सिको गए । जहाँ करि ३३ लाख खर्च गरेर एनाको किमोथेरापी गरियो । १० राउण्डसम्म चलेको किमोथेरापीको निकै राम्रो नतिजा आयो र एनाको ट्युमर खुम्चिन थाल्यो । यही वर्षको मार्चमा किमोथेरापीको १० औं राउण्ड पूरा भएपछि उनको ट्युमर गइसकेको थियो र उनी पूर्ण रुपमा ठिक भइसकेकी थिइन् । यो थाहा पाएपछि क्याथी र एडम निकै खुसी थिए तर केही महिनापछि यो रोग पुनः बल्झियो र एना अस्पताल आउने जाने सिलसिला फेरि सुरु भयो ।अक्टोबर महिनामा एनाबेलका एक आफन्तले सामाजिक संजालमा लेखिएको एक पोस्टमा बताए कि उनको हालत निकै बिग्रिइसकेको छ । उनको दिमागबाट लगातार तरल पदार्थ निस्किइरहेको छ । उनी आफैं सास लिन पनि सकिरहेकी छैनन् र उनी बोल्न पनि निकै कठिन भइसकेको छ । यस्तो मुस्किल घडीमा पनि एनाले आफूलाई खुसी राख्न एउटा तरिका खोजिन् । त्यही तरिका अहिले निकै तीव्र रुपमा चर्चित भइरहेको छ ।
यो खास तरिकाको नाम ह्याशट्याग लेमनफेसच्यालेन्ज हो जसमा अरुको विचित्रको मुस्कान देखेर एना पनि खुसी हुन्छिन् । यो च्यालेन्जअन्तर्गत मानिसहरु आफ्नो मुखमा कागतीको दुक्रा राखेर मुस्कुराउने कोसिस गर्छन् । तर, कागतीको अमिलोका कारण उनीहरुको यो मुस्कान निकै विचित्रको हुन्छ यसरी खिचिएको फोटो निकै हाँसोलाग्दो हुन्छ । अस्ट्रेलियाका कैयौं ठूला हस्तीहरुले यो च्यालेन्ज स्वीकार गर्दै कागती चुसिसकेका छन् । हालै एनाकी आमा क्याथीले एक पोस्ट गर्दै बताएकी थिइन् कि यो च्यालेन्जमा सहभागी हुन के गर्नुपर्छ । मानिसहरु यो च्यालेन्जमा सहभागी हुँदै आर्थिक सहयोग पनि गर्न थालेका छन् ताकि एनाको उपचारका लागि पैसाको कमी नहोस् ।
November 17, 2018 12:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन