सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो
पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको पर्खाईमा थिए । त्यो पर्खाईको घडी अब सकिएको छ ।
भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए ।
रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेका छन् ।
रणवीरले सार्वजनिक गरेको फोटोमा रणवीर रातो शेरवानीमा छन् भने दीपिका रातै रंगको लेहंगामा छिन् ।

अर्को तस्बिरमा भने रणवीर सेतो शेरवानीमा छन् । यो तस्बिरमा रणवीर र दीपिका एकअर्कालाई हेर्दै हाँसिरहेका छन् । रणवीरले हातमा हार बोकेका छन् ।
रणवीर र दीपिकाको विवाह बुधबार इटालीमा भएको हो । इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भएको हो ।
यो विवाहमा एकदमै नजिकका नातेदार र साथीहरुलाई मात्रै बोलाइएको थियो ।
November 17, 2018 7:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण