कब्रिस्तानमा एकै परिवारका ४ चिहानबाट मात्र दिनहुँ गायब हुन्थे चढाएका ताजा फूल
एजेन्सी। इङल्याण्डको किंग्सटनमा एक परिवारका ४ चिहानबाट सधैं चढाइएका ताजा फूल गायब हुन्थे । मृतकको परिवार यो कुराले निकै हैरान भएका थिए । किनकि कब्रिस्तानका बाँकी चिहानबाट भने यस्तो कहिल्यै हुँदैनथ्यो । ७ महिनासम्म यो रहस्यमय सिलसिला चलिरह्यो । अन्ततः परिवारले नजिकैको एक रुखमा स्पाइ क्यामेरा लुकाएर राखे । त्यसमा जुन दृश्य कैद भयो त्यो निकै आश्चर्यजनक थियो ।
रसल परिवारका दुई छोरीको असामयिक मृत्युपछि उनीहरु दुवैको शवलाई नजिकै गाडिएको थियो । यी दुई छोरीमध्ये एउटी छोरीको मृत्यु १२ र अर्कीको १८ वर्षको उमेरमा भएको थियो । दुवैको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको थियो । दुवै छोरीको मृत्युपछि सन्तानविहीन भएका रसल दम्पतीको पनि गतवर्ष मृत्यु भयो । त्यसपछि उनीहरुलाई पनि छोरीहरुको चिहानको छेउमै गाडियो । रसल परिवारका बाँकी सदस्यले यहाँ यी ४ जनाको चिहानमा सधैं ताजा फूल चढाउँथे तर केही घण्टामै ती फूल गायब हुन्थे ।
रसल परिवारले क्यामेरा लगाएपछि त्यहाँको घटना रेकर्ड भयो । भिडियोमा एक व्यक्ति देखिए । ती व्यक्ति सधैं एउटा निश्चित समयमा त्यहाँ आउँथे र ती ४ चिहानमा चढाइएका फूल र बुके लिएर जान्थे । रसल परिवारका एक अर्का सदस्य एलनका अनुसार यो देखेर उनीहरु निकै चकित परे । ती व्यक्ति चिहानका सबै फूल लिएर जान्थे यो मानवतालाई लज्जित बनाउने काम थियो । रसल परिवारले यसको उजुरी प्रहरीमा गरेका छन् । प्रहरीले फुटेजका आधारमा ती व्यक्तिको खोजी गरिरहेको छ । अहिलेसम्म भने उनी भेटिएका छैनन् ।
November 18, 2018 12:34 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन