

अब फेसबुकले बनाइदिने छ, किशोरी र अधवैंसे पुरुषको जोडी

एजेन्सी । अब फेसबुकले किशोरी र अधवैंसे पुरुषको जोडी बनाई दिनेछ । सुन्दा अच्चम लागे पनि फेसबुकले त्यसका लागि सबै तयारी पुरा गरेको ।
टेलिग्राफका अनुसार फेसबुकले १३ वर्षभन्दा माथि उमेरका किशोरीले अब नयाँ फेसबुक अकाउण्ट बनाउँदा उनीहरुलाई फेसबुकबाटै अधवैंसे उमेरका केटा मान्छेहरुलाई साथी बनाउन सजेसन आउने छ । ३ सयभन्दा धेरै अधवैंसे केटाहरुको सजेसन किशोरीलाई पठाइने यो नयाँ फेसबुकको फिचर कार्यान्वयन भइसकेको छ ।
यो विषयमा फेसबुकले नयाँ नयाँ फेसबुक प्रयोगकर्तालाई सरक्षित सोसल नेटवर्किङका सबै मापदण्डमा राखिने बताएको छ ।
तर फेसबुकको यस्तो फण्डाको आलोचना भएको छ । बेलायतको नेशनल सोसायटी फर प्रिभेन्सन अफ क्रुएलिटी टू चिल्ड्रेनले यस्तो सजेसन बन्द गर्न आग्रह गरेको छ । उसले फेसबुकको यस्तो फिचरले यौनउत्पीडन बढाउने दावी गरेको छ ।
उसले भनेको छ, ‘सामाजिक सञ्जालमा बच्चाहरु साथी बनाउँछन्, उनीहरुको सम्पर्कबारे जानकारी हुन्छ, साथीका साथी फ्रेण्डसिप गर्छन्, उनीहरुलाई रिक्वेस्ट आउँछ, जबकी यसको कुनै परमाणित जानकारी हुँदैन । यसैले यस्तो सजेसन बन्द गर्नुपर्छ ।’
अक्टुबरमा फेसबुकले अटोमेटिक सफ्वेयरबाट बच्चाहरुको अश्लिलतासँग सम्बन्धित ८७ लाख यूजर डाटा हटाएको थियो । फेसबुकले बालबालिकाको सुरक्षाका लागि मापदण्ड अपनाइएको तर्क गर्दै आएको छ ।
November 18, 2018 8:44 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

