Monday 18th May 2026

क्यानाडामा राप्ती समाज नेपालको तदर्थ समिति गठन

7 years अगाडी

क्यानाडा – क्यानाडामा राप्ती समाज नेपालको तदर्थ समिति गठन भएको  छ । क्यानाडामा नेपालीहरुको संख्या बढे संगै नेपालका बिभिन्न ठाउँबाट आएर क्यानाडामा रोजगार गर्ने नेपालीले संघ-सँस्था खोल्ने क्रम पनी बढी रहेको छ । यसै क्रममा नेपालको राप्ती अञ्चलबाट आइ क्यानाडालाई कर्म थलो बनाएर बसेका नेपालीले गत शनीवार शुरेस रजौरेको संयोजकत्वमा साइबर बैठक बसी राप्ती समाज क्यानाडाको तदर्थ समिति गठन गरीएको बैठकका संयोजक सुरेश रजौरेले  जानकारी दिए   

राप्ती अञ्चलबाट क्यानाडा आइ विभिन्न पेशा गरी छरियर बसेका राप्तेली हरुलाई एक जुट बनाउने र भई परी आउने समस्या लाई मिलिजुली समाधान गर्ने , क्यानाडामा मात्र नभई नेपालमा पनि सामाजिक कार्यमा अगाढी बढ्ने उदेश्यले समाज गठन गरीएको रजौरेले बताए । उनले थपे क्यानाडामा रहेका सबै संघ- सँस्था संग हातेमालो गर्दै राप्ती समाज क्यानाडा अगाढी बढ्ने र छिट्टै कार्य समिति गठन गरी समाजको उदेश्य प्राप्तका लागी तिब्र रुपमा काम गर्नेछौँ । 

समितिको सदस्यहरुमा सुरेश रजौरे , मधु थापा , निरन्जन थापा,बसन्त प्रकाश रावत छेत्री ,राजेन्द्र पोख्रेल,सरिता गिरी ,बसन्ता पाठक, रमेस देवकोटा ,अनिल श्रेस्ठ ,सुबास शर्मा ,बिध्या नेउपाने ,नारायण खनाल ,बिमल पन्थी,चिन्तामणी धिताल ,हरी पाण्डे,प्रकाश चापागाइ,दुसी राज सेन ,बिनोद सेन,गोविन्द शर्मा ,मिलन ओली                                     बिजय लम्साल रहेका छन् ।

सल्लाहकारहरुमा डा.अरुण पोखरेल,डा.गुरु गिरी ,डा.दिलिप पौडेल , डा. प्रीती शर्मा ,नर बहादुर टन्डन ,बुद्धी प्रकाश ओली ,मुक्ती गौतम,डा. बामदेब पौडेल रहेका छन् ।

          November 19, 2018 10:26 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...