

यो खुःशीको कुरा सबैंलाई सेयर गरौं,चितवन राष्ट्रिय निकुञ्जमा अचानक बढ्यो हात्तीको संख्या !

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार आज बिहान ४ः३२ मिनेट जाँदा कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो । गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा ९स्याहारकर्ता० राजेन्द्र पनवाले बताउनुभयो ।
यसै वर्षको असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन् । प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगरटप्स पोष्टमा रहेको गण्डकीकली गर्भिणी छन् । प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले बताउनुभयो ।गत आवमा चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगञ्ज र गणेशकलीले कृष्णचन्द्रगञ्ज गरी चार बच्चा जन्माएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउनुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायतका कारण प्रजनन राम्रो भएको उहाँले बताउनुभयो ।
आज जन्मिएको सहित निकुञ्जको दरबन्दीमा हात्तीको सङ्ख्या ५६ पुगेको छ । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती रहेका छन् । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २७ वटा हात्तीका बच्चा जन्मिएका छन् ।
November 20, 2018 10:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

