Wednesday 24th December 2025

८०हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अख्तियारद्वारा पक्राउ

7 years अगाडी

रुपन्देही । सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा पक्राउ गरेको हो ।

टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।

यसैबीच मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको अवैध रकम ८० हजारसहित पक्राउ परेका रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलालाई काठमाडौं ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टोलीले निरौलालाई आज पौने १२ बजे घुससहित सरकारी वकिलको कार्यालय भैरहवाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनीमाथि कार्यालयमा नै थप अनुसन्धान गरिएको अख्तियार प्रवक्ता रामेश्वर डङ्गोलले जानकारी दिए ।news24 बाट

          November 20, 2018 3:20 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...