छेउको सिटमा मोटो मान्छे परेपछि एयरलाइन्सविरुद्ध केस, १५ लाख मुआब्जा माग
एजेन्सी। बेलायतका एक व्यक्तिले ब्रिटिस एयरवेज कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । वेल्सका स्टिभन प्रोसरले एयरलाइन्सको एक फ्लाइटमा आफ्नो छेउमा मोटो व्यक्ति पर्दा आफूलाई चोट लागेको भन्दै एयरवेजसँग क्षतिपूर्ति मागेका हुन् । प्रोसरले क्षतिपूर्तिस्वरुप कम्पनीसँग १० हजार पाउण्ड (झण्डै १५ लाख नेपाली रुपैयाँ) माग गरेका छन् ।
घटना २०१६ मा भएको हो । स्टिभन ब्रिटिस एयरवेजको फ्लाइटमा बैंककबाट लण्डन जाँदै थिए । उनी झ्यालतिरको सिटमा बसेका थिए । उनको छेउको सिटमा अग्लो कदका मोटा व्यक्ति बसेका थिए जो आफ्नो सिटमा ठिकसँग अटाउन सकिरहेका थिएनन् । स्टिभनका अनुसार ती व्यक्तिको तौल करिब १४० किलो र उचाइ झण्डै साढे ६ फिट जति थियो यही कारण ती व्यक्तिको शरीरको धेरै भाग स्टिभनको सिटमा आएको थियो ।
स्टिभनका अनुसार उनले विमानका स्टाफसँग सिट बदल्न भनेका थिए तर विमानका सबै सिट भरिएका थिए जसका कारण स्टाफले सिट बदल्न मानेनन् । त्यसपछि उनले १२ घण्टा ४० मिनेट ती मोटा व्यक्तिसँग बिताउनुपर्यो । स्टिभनले अदालतमा आरोप लगाएका छन् कि थोरै ठाउँमा दबिएर बस्दा उनकोमेरुदण्डको जोर्नीमा चोट लाग्यो जसका कारण ३ महिनासम्म उनको काम प्रभावित रह्यो ।
एयरलाइन्सले भने स्टिभनको दावीलाई अस्वीकार गर्दै फ्लाइटबाट निस्कने बेला उनलाई मेरुदण्डसँग सम्बन्धित कुनै समस्या नदेखिएको दावी गरेको छ । स्टिभनले अहिले आएर यो घटनामा आफूलाई क्षति भएको भन्दै वेल्सको अदालतमा मुद्दा दायर गरेका छन् । ब्रिटिश एयरवेजका वकिल ज्याक हार्डिङले भने स्टिभनले घटनालाई बढाइचढाइ गरेर पेश गरेको आरोप लगाएका छन् ।
November 22, 2018 11:38 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन