बुवाको शवलाई कफिन होइन बीएमडब्लूको नयाँ कारमा राखेर गाडियो
एजेन्सी – नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।
अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए । त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।
कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् । उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।
‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरुका लागि कार किन्नुहोस् र सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस् । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखे ।
‘त्यो पैसा आवश्यकतामा परेका गाउँलेलाई दिएको भए हुन्थ्यो र कसैले सके त्यो कार पनि लिएर जाउ भन्नुपर्दथ्यो । यस्तो गर्नु अर्थहीन छ । उनको मृत्यु भइसकेको छ । गाउँलेलाई पिउनका लागि राम्रो पानी देउ, ’ अर्का व्यक्तिले थपे ।
June 18, 2018 12:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन