उद्योगमा आगलागी हुँदा ६५ लाखको क्षती, आगो निभाएर भिउँदा पानी विना आयो दमकल
प्युठान -प्युठानमा बिहिवार दिउँसो उद्योगमा आगलागी हुँदा ६५ लाख बढिको नोक्सानी भएको छ।जिल्लाको प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट उद्योगमा रहेका सबै जलेर नष्ट्र भएको भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताए ।
उनका अनुसार तयारी सिरक डसना, सिरक डसना बनाउन आवश्यक कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएका छन् । साथै घरको विस मुरी धान संगै पिसाउन , कुटाउन लिएको ५ मुरी जति धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिए । केसी विगत ३ वर्ष देखि उद्योग सञ्चालन गर्दै आएका छन । दमकल छिटो न आउदा पनि उद्योगमा क्षती धेरै भएको स्थानीयले बताएका छन।
दिउँसो २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान नजिकै शसस्त्र क्याम्पमा भएको दमकल जान ढिला गरेको थियो । स्थानिय ईन्द्र बहादुर घर्तिले भने ,–‘ दमकल आगो निभाउन आउँछ भनेका थियौ, निभाएर भिउँदा पानी विना आएको थियो । ’ दमकललाई आगलागी हुदाँ वित्तिकै खबर गरको उनले बताए । उनले भने,‘ खबर हुदाँ साथ दमकल आएको भए सबै क्षती हुने थिएन । ’उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र र नेपाली सेनाले नियन्त्रणमा लिएका हुन ।नेपाल समाचरपत्र बाट साभार
November 22, 2018 5:11 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण