उद्योगमा आगलागी हुँदा ६५ लाखको क्षती, आगो निभाएर भिउँदा पानी विना आयो दमकल
प्युठान -प्युठानमा बिहिवार दिउँसो उद्योगमा आगलागी हुँदा ६५ लाख बढिको नोक्सानी भएको छ।जिल्लाको प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट उद्योगमा रहेका सबै जलेर नष्ट्र भएको भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताए ।
उनका अनुसार तयारी सिरक डसना, सिरक डसना बनाउन आवश्यक कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएका छन् । साथै घरको विस मुरी धान संगै पिसाउन , कुटाउन लिएको ५ मुरी जति धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिए । केसी विगत ३ वर्ष देखि उद्योग सञ्चालन गर्दै आएका छन । दमकल छिटो न आउदा पनि उद्योगमा क्षती धेरै भएको स्थानीयले बताएका छन।
दिउँसो २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान नजिकै शसस्त्र क्याम्पमा भएको दमकल जान ढिला गरेको थियो । स्थानिय ईन्द्र बहादुर घर्तिले भने ,–‘ दमकल आगो निभाउन आउँछ भनेका थियौ, निभाएर भिउँदा पानी विना आएको थियो । ’ दमकललाई आगलागी हुदाँ वित्तिकै खबर गरको उनले बताए । उनले भने,‘ खबर हुदाँ साथ दमकल आएको भए सबै क्षती हुने थिएन । ’उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र र नेपाली सेनाले नियन्त्रणमा लिएका हुन ।नेपाल समाचरपत्र बाट साभार
November 22, 2018 5:11 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा