मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने
काठमाडौँ, ७ मंसिर । मेलम्चीको पानी काठमाडौँ आउन अझ तीन महिना लाग्नसक्ने देखिएको छ । सुरुङको प्लास्टर र ढलान (फिनिसिङ) को काम सकिन लागेको छ । अब प्लास्टर र ढलान सम्पन्न गर्न जम्मा ३.५ किमि बाँकी छ ।पछिल्लो समय निर्माण कम्पनीले गति बढाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हाल दैनिक बढीमा २९० मिटरसम्म ढलानको काम भएको छ । हालको गतिअनुसार काम निरन्तर भए एक महिनामा एक किमि सम्पन्न हुनेछ ।सुरुङ प्लास्टर र ढलान सँगै भेन्टिलेसन र अडिट टनेलमा गेट लगाउने काम पनि भइरहेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमि लामो सुरुङको तीन स्थानमा भेन्टिलेसन राखिने छ । सुन्दरीजल, इचोक र थकनीमा भेन्टिलेसनको राखिने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । इचोकको भेन्टिलेसनमा १०७ मिटर ड्रिल गरिसकेको उहाँले बताउनुभयो ।त्यस्तै अडिट टनेलमा गेट लगाउने काम भइरहेको छ । पन्तले भन्नुभयो, अडिट टनेलमा गेट राख्नका लागि फिट गर्ने काम भइरहेको छ गेटहरू पनि आइसकेका छन्, डाइभर्सनको पाइपलाइन तयारी अवस्थामा छ अहिले कामले पनि गति लिइएको छ । कामहरू सबै सकिएपछि सुरुङको परीक्षण गरिने छ
गत असोजमा कम्पनीले दुई महिनामा सम्पन्न गर्ने जनाएको थियो तर कामको गति हेर्दा अझै तीन महिना लाग्ने देखिन्छ । समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सन बनाएर पानी ल्याउने तयारी गरिएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिने छ ।
सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो । चिनियाँ निर्माण कम्पनी सीसीआरसीले करिब तीन वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको थियो । सन् २०१२ सेप्टेम्बरमा सो निर्माण कम्पनीसँग सम्झौता खारेज गरिएको थियो । अर्को निर्माण कम्पनी सीएमसी डी–रेभेना इटालीले २०१४ को जनवरीबाट निर्माण कार्य शुरु गरेको हो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको समितिले जनाएको छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना शुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमि सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ । याङ्री र लार्के खोलाको पानी ल्याएपछि काठमाडौँवासीको घरको धारमा दैनिक छ घण्टा पानी आउने छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन