

डाेटी दुर्घटना अपडेट : ज्यान गुमाएका सबैको सनाखत भयो

डोटी – रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका ८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।
त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउपालिका ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती, यही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक ज्यान गएको छ ।
ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । दुई जना डिस्चार्ज भएका छन् भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
November 23, 2018 10:52 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

