दैलेखका एवी शाही साउदीमा अलपत्र, साउदी पठाउने एजेन्ट हरि शर्मा सम्पर्क बिहिन !
प्रबिन शाही
नोभेम्बर २३, २०१८ : साउदि अरबको नेसनल रेकुमेन्ट कम्पनीमा कार्यरत थुप्रै नेपाली कामदारहरुलाई अलपत्र अबस्थामा पारीएको छ।
काठमाडौंको डेस्टिनी प्लेसमेन्ट सर्बिस मेनपावरबाट १६ महिना अगाडि दैलेखको ठाटिकाँध गाउँपालिका विशालाका हरि शर्माले ठाटिकाँध गाउपालिका – ३ का अमर शाही(एवि) लाई उक्त कम्पनीमा बाह्र सय साउदी रियल तलब भनेर पठाएका थिए तर कम्पनीले एक हजार साउदी रियल दिएता पनि समय तलब नदिने गरेको गुनासो गर्छन।
घरमा आमा सिकिस्तै बिरामी पर्नु भएकोले घर फर्किन पाउ भन्दा कम्पनीले बेवास्ता गरेको छ नै उता नेपालबाट साउदी पठाउने एजेन्ट हरि शर्मालाई बारम्बार अनुरोध गर्दा उल्टै फेसबुक म्यासेन्जर देखि नै बल्क गरेर पन्छिन खोजेको उनको दुखेसो छ। उनकाे अामा अहिले घरमा अन्तिम अबस्थामा हुदा उनि दिन रात रुदै तडपिरहेका छन ।
मेनपावर कम्पनिले निकै समस्या दियाे भन्दै उनि अहिले साउदिमा यतिवेला बिरामी अामाकाे अन्तिम बाेलिकाे शब्द सुन्न पाउ भन्दै भावबिह्वल बनेका छन ।
घरमा आमा बिरामी भएकोले आफैले टिकट काटेर फर्किन चाहान्छु भन्दा हरि शर्माले अहिले फर्किन नमिल्ने जवाफ दिदै पन्छिने गरेको बताए।
यता दिनभर काम गरेर आउदा बेलुका खाना समेत खाना नपाएको कति दिन त भोकभोकै सुत्नु पर्यो उनले भने। दूतावास जाउ त कसरी जाउ बस्ने क्याम्प बाट बाहिर निस्कनै दिदैन। यदि दूतावास गएमा कुटपिट गर्ने धम्की कम्पनीका मालिकले दिने गरेको बताए। बस्ने ब्यबस्थापन पनि राम्रो नभएको कोठामा खचाखच भएर सुत्नुपर्ने भन्दै दुखेसो पोखे।
November 24, 2018 1:19 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।