

धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रियो

महेन्द्रनगर, ८ मंसिर । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।
निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन । अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानियले बताएका छन् । निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेकोले उनलेले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन ।
उता कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे । पन्तलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पनि उनले बताए । तर, परिवारका सदस्यहरुले काठमाडौँ लैजाने भनने बारेमा निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए ।
परिवार र अधिकारकर्मीको रोहवरमा थप उपचारका लागि यज्ञराजलाई सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको हो । निर्मलाको बुवाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रमा पनि जानकारी गराएको विष्टको भनाई थियो । पछिल्लो समय यज्ञराजले अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार चिन्तित भएका छन् ।
November 24, 2018 10:13 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

