धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रियो
महेन्द्रनगर, ८ मंसिर । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।
निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन । अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानियले बताएका छन् । निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेकोले उनलेले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन ।
उता कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे । पन्तलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पनि उनले बताए । तर, परिवारका सदस्यहरुले काठमाडौँ लैजाने भनने बारेमा निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए ।
परिवार र अधिकारकर्मीको रोहवरमा थप उपचारका लागि यज्ञराजलाई सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको हो । निर्मलाको बुवाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रमा पनि जानकारी गराएको विष्टको भनाई थियो । पछिल्लो समय यज्ञराजले अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार चिन्तित भएका छन् ।
November 24, 2018 10:13 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण