निर्मलाका बुवालाई उपचारका लागि काठमाडौं लगियो
कञ्चनपुर – छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफूहरुलाई न्याय न्याय दिनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।
१४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको हो । निर्मला बलात्कारपछि हत्या भएको घटनापछि डिप्रशेनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारवणमा बस्नुपर्ने बताउँदै उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
तर छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराजको मानसिक अवस्ता चिन्ताजनक भएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको श्रीमती दुर्गादेवी पन्तले बताउनुभयो ।
डिप्रेशनको समस्याले ग्रस्त यज्ञराजले चार–पाँच दिनमा अस्वाभाविक व्यवहार देखाउनुभएको थियो । रातभरी नसुत्ने, बर्बराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि परिवारका सदस्य चिन्तित बनेका छन् । निर्मलाको बुवाको स्वास्थ्य अवस्था केही दिनयता नाजुक बन्दै गएकाले परिवारको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताउनुभयो ।
उहाँका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उहाँकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं जानुभएको छ ।
November 24, 2018 5:45 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा