तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब
काठमाडौँ, ९ मंसिर । तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वभाविक पनि हो ।सर्वसाधारण जनतालाई डिस्टर्ब भएको भए त्यो अर्कै विषय आयो ।तर, नबुझेको कुरो के रह्यो भने प्रहरीले गोली पड्काउन थालेको अहिले होईन ।
धेरै अघिदेखि नै प्रहरीले गोली पड्काउँदै आईरहेको छ ।तर, डिस्टर्बचाहिँ अहिले आएर मात्र किन भएको हो ?काठमाडौंमै कति वटा आन्दोलनमा प्रहरीले गोली पड्काएकै थियो । प्रहरीको त्यही गोली लागेर कति नागरिक ढलेकै थिए । तर, त्यतिबेला त उपल्लो तहलाई डिस्टर्ब भयो भन्ने कुरा आएन । मधेसमै हेर्नुहोस मधेसीजनता अधिकार माग्न सडकमा ओर्ले कि प्रहरीले पटापट गोली पड्काईहाल्छन् ।कति आन्दोलनकारी त्यहीँ ढलेको ढल्यै हुन्छन् । खै, त्यतिबेला पनि राष्ट्रपतिलाई डिस्टर्ब भयो भन्ने कुरा सुनेको थिइँन ।
November 25, 2018 10:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन