जानी राखौ,घ्युकुमारीको १० अदभूत फाइदा जानिराखौं !
प्राय सबैको फूलबारीमा घ्युकुमारी पनि रोपिएको हुन्छ । स्वास्थ्य र सुन्दरताका लागि घ्युकुमारी निकै फाइदाजनक मानिन्छ । यसमा भिटामीन ए, बी, बी १२ का साथै फोलिक एसिड, क्याल्सियम, म्याग्नेशियम र पोटासियम जस्ता तत्वहरु पाइन्छन् । यसले स्वास्थ्य र सौन्दर्यको लागि कस्ता कस्ता फाइदा पुर्याउछ ? त्यसको बारेमा जानकारी लिउँ ।
यसका केही फाइदाहरु यस्ता छन्ः जानी राखौ : १. यसको जुसले शरीरको अनावश्यक तौल घटाउन मद्दत गर्छ।
२.मुटुका रोगहरुको सम्भावना न्यूनिकरण गर्न एलोभेरा जुस निकै लाभदायी मानिन्छ।
३.रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ।
४.दैनिक बिहान एक चम्चा एलोभेरा जेल खानाले पिसाब पोल्ने र संक्रमण हुने सम्भावना कम गर्छ।
५.राती सुत्नेबेला हरेक दिन एलोभेरा जुस खानाले पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन।
६.पोलेको ठाउँमा एक चम्चा एलोभेरा जेलमा एक चम्चा मह मिसाएर लगाउनाले राहत मिल्नुका साथै दाग पनि हट्दै जान्छ।
७.हप्ताको एकपटक कपालमा एलोभेरा जुस लगाउनाले कपाल बाक्लो र मुलायम हुँदै जान्छ।
८.एलोभेरा जेललाई बेसारसँग मिसाएर मनतातो हुने गरी तताउने र दुखेको ठाउँमा लगाउने। यसले मर्केको, हाडजोर्नीको दुखाइमा राहत दिन्छ।
९.यसमा पाइने भिटामीन र खनिजहरुले हानिकारक कीटाणु र भाइरल संक्रमणबाट जोगाउँछ।
१०.एलोभेरा जेल अनुहारमा लगाउनाले दागधब्बा कम हुनुका साथै छाला कोमल र जवान बनाउन मद्दत गर्छ।
तर कलेजोसँग सम्बन्धीत रोग भएका, गल ब्ल्याडरको समस्यामा र गर्भवती महिलाले भने एलोभेरा सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ । त्यस्तै अन्यले पनि आफ्नो शरीर र छालाको अवस्था पहिचान गरेर मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।
November 27, 2018 11:16 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण