रामेछापमा ब्यवसायीद्वारा ढुवानीका ठूला गाडी बन्दको विरोधमा अर्धनग्न जुलुस
रामेछाप – बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् ।
बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधान चलाउन पाउनुपर्ने माग सुनुवाई नभएको विरोधमा उनीहरुले अर्धनग्न अवस्थामा जुलुस निकालेका हुन् ।
सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।
रामेछापका जनतालाई ठूलो सास्ती हुँदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ । आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए ।
उनले माग पूरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा १० टन भन्दा बढी भार भएका गाडी सञ्चालन गर्न रोक लगाएपछि ७ दिनदेखि रामेछापबासी आन्दोलनमा छन् ।अनलाइनखबर
June 19, 2018 2:34 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै