कुवेतबाट नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सफारिस पत्र
कुवेत -कुवेतबाट नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ ।नेपाली राजदूतावास कुवेतका श्रमसहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र माग भइआएको हुँदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने भएको छ ।
-सिफारिस पत्र लिँदा एउटै कम्पनीमा काम गरी छुट्टी जानेलाइ कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनीले फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुँदा छुट्टि जानु भन्दा १५ दीन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने छ ।
सिफारिस पत्र लिँदा लाग्ने शुल्क
भिषा र कम्पनि एउटा भएमा – ४ केडी
भिषा र कम्पनि फेरबदल भएमा- १७ केडी
पेश गर्नु पर्ने आबश्यक कागजातहरु:-
पुरानै कम्पनि भएकालाई – कुवेतको सिभिल आईडि मात्र ।
नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी:-
१-कुवेतको सिभिल आईडि
२- हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।
३- कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)
४- कामदारको ईज्नामेल पेपर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।