संयुक्त राष्टसंघको २४ औं सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी पोल्याण्ड जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जाने भएकी छन्। पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ औं सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी पोल्याण्ड जान लागेकी हुन्।डिसेम्बर २ देखि १४ सम्म पोल्याण्डमा सम्म जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ औं सम्मेलन हुने भएको छ।
राष्ट्रपति भण्डारीले आइतबार बर्लिनस्थित नेपाली दूतावासको आयोजनामा गरिने कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले ३ डिसेम्बरमा सम्मेलन उद्घाटनसत्रमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले ३ डिसेम्बरकै दिन बिहान युएन महासभाका प्रमुख मारिया फेरनान्डा स्पपिनोसा गार्सेससँग सम्लेलनको साइडलाइनमा भेट गर्नेछिन्। सोही दिन बेलुका राष्ट्रपति भण्डारीले गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले सम्मेलनमा उपस्थित सरकार प्रमुख तथा राष्ट्रप्रमुखका लागि आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको नागरिक दैनिकले खबर लेखेको छ।
राष्ट्रपति भण्डारीले डिसेम्बर ४ मा पोल्यान्डका राष्ट्रपति एन्ड्रिज सेवास्तिआन डुडासँग दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, सांसद कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, सामसायप्रसाद यादव, चन्दा चौधरीलगायत जानेछन्। राष्ट्रपति भण्डारी मंसिर २० गते फर्कने कार्यतालिका छ।
November 30, 2018 12:11 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।