गुल्मीको धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा रेलिङ्ग सहितको सिढि निर्माण हुँदै
रमेश विश्वकर्मा-
गुल्मी/ गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गापोखरी देखि रेसुङ्गायज्ञशालासम्म जाने बाटोमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य भएको छ । रेसुङ्गामा आउने पर्यटकहरु पोखरी देखि माथी यज्ञशालासम्म हिडेर जाने बाटो भएकाले यस्तो रेलिङ्ग सहितको सिढि निर्माण गर्न लागिएको हो ।
बुधबार निर्माण कार्यको शिलान्यास रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले गरेका थिए । शिलन्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमसख भुसालले विकासका कार्यहरु उद्योग बाणिज्य संघले गरेको हँुदा स्थानीय जनप्रतिनिधिलाई समेत चुनौति दिएको बताए ।
नगरप्रमुख भुसालले रेसुङ्गाको विकासका लागि रेसुङ्गा नगरपालिका मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरुले बिशेष जोड दिने बताए ।गुल्मी उद्योग बाणिज्य संघको १० लाख लागतमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य सुरु गरिएको हो । निर्माणको क्रममा यदि आर्थिकमा कुनै समस्या परेमा सबैबाट सहयोग संकलन गरेर यसलाई पुरा गरिने छ ।
रेसुङ्गा नगरपालिका वडा नं. ८ खानिगाउँ देखि रेसुङ्गा पोखरीसम्म जानको लागि यातायातको सुविधा भएता पनि त्यहाँबाट यज्ञशाला पुग्न पैदलमार्ग बनाउने योजना भएकोले यो सिढि बनाउन लागेको उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए । यो निर्माण कार्य २ करोड ५० लाखमा सम्पन्न गर्ने योजना भएको महासचिव भुसालले बताए ।
शिलन्यास कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले रेसुङ्गाको दायित्व उद्योग बाणिज्य संघले नभई रेसुङ्गा नगरपालिकाले लिनुपर्ने बताएका थिए । शिलन्यास कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, वुद्धिजीवि, जिल्लामा क्रियाशिल पत्रकारहरु समेतको उपस्थित रहेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण