कुवेतबाट नेपाल छुट्टी जाँदा अनिवार्यरुपमा लग्नुपर्ने राजदूतावासको सफारिस पत्रको चर्को बिरोध
माधब शाही –
कुवेत – कुवेतमा हल्का चिसो बढे सँगै दुतावासको सिफारिस पत्रले कुवेतवासी नेपाली लाई तताएको छ । एतीखेर कुवेतमा सिफारिस पत्रको निकै चर्चा-परिचर्चा चलेको छ । कुवेतबाट नेपाल छुट्टी जाँदा अनिवार्य रुपमा लग्नुपर्ने राजदूतावासको सफारिस पत्रको कुवेतवासी नेपालीले खुलेर बिरोध गरेका छन् ।केही दिनअघी कुवेतबाट संचालित नेपाली अनलाईन मिडियामा सिफारिस सम्बन्धि समाचार आए पश्चात कुवेतवासी नेपालीले जानकारी पाएका थिए । उक्त समाचारलाई कुवेतमा कतिले त् समाचार सही नभएको बताए । जब दुतावासमा तिरेको रकमको रसिद सहित समाचार आयो त्यस पछी सामाजिक सञ्जाल फेसबुक मार्फत बिरोध जनाउन थालेका छन् ।
कुवेतमा समाचार आउनु अघी देखी नै नेपालमा श्रम बनाउन जाँदा सिफारिस पत्र सोध्न सुरु गरिसेको थियो । मंसिर १० गते सोमबार बिहान देखी नै काठमाण्डौमा सिफारिस पत्र शोध्न थालेको श्रम बनाउन जाने हरुले बताए । दशैँ र तिहार मानी कुवेत फर्किने नेपाली कामदारहरु मुख्य समस्यामा परेका छन् ।नेपाली राजदुतावास कुवेत बाट कुनै जानकारी न आउनु र बिना कुनै तयारी अकस्मात सिफारिसको नियम लागु गर्नाले कुवेत फर्किन लागेका धेरै नेपालीकामदारहरु अहिले ठुलो समस्यामा परेका छन् ।
यती खेर कुवेतमा समाजिक सञ्जाल फेसबुकमा सिफारिसको बिषयका बिरोधले भित्ता हरु भरिएका छन् । समाज सेवी सुजन के सी लेख्छन् “कौतुल्य !! छुट्टि मा नेपाल जादा दुताबासको सिफारिस पत्र चाहिने रे त्यसको लागि दस्तुर पनि तिर्नु पर्ने सुनिन्छ बा ! कहि नभएको जात्रा हाडिगाउमा भनेको कुवेतमा पो हुन लाग्यो । यथार्थ के हो ? कोहि कसै सँग आधिकारिक छ भने जानकारि पाउ न । “

मोहन छिरिङ्ग राई लेख्छन
(बैदेशीक श्रमजिबी नेपाली हरुको पिडा)
“सर्वप्रथमत म कुवेतमा भयको कारण नेपाली दुतवास कुवेतलाई सुझाप नेपाल सरकारले जे भन्यो त्यो लागु हुनैपर्छ भन्ने छैना जुन देशमा नेपाली दुतावास छन् रत्यो देशमा श्रमजिबी गर्ने नेपाली हरुका लागी दुतावास ले कम्पनीमा गयर नेपालीहरुको मासिक तलव कती छन् काम केहो कम्पनीको सुबिधाहरु के-के छन्बुझेर नेपाल सरकार लाई जानकारी गर्नेहोकी पिडित श्रमजिबी लाईनै उल्टो सुबिधा लुट्ने हो जसमा नेपाली दुतावासले सुचना प्रकासित गरियकोछ तेसप्रती म मेरो ब्याक्ती गत तर्फबाट घोर बिरोध गर्न चाहान्छु जुन नेपाल घर बिदामा जाँदा ४.दिनार र १७.दिनार बुझाएर मात्र नेपाल छुट्टी जान पाउने भनियको छ अर्कोकुरा ६०.दिनार तलव हुनेले कसरी बुझाउने साथै-अपरझट(EMERGENCY)जाने ले कसरी जान पाउने हो ? यसमा मेरो ब्याक्तीगत तर्फबाट नेपाल सरकार रनेपाली दूतावास कुवेत प्रती घोर आपती जनाउदै कुवेत बासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी बुद्दीजिबी समाज सेवि संघसंस्थामा आबद्द रहनुहुने सबैलाई यो बिषयले सबैको मनमा जटिल अग्रता जागोस् भनी आग्रह गर्दछु । “

कुवेतका समसामहिक बिषय बस्तुमा सामजिक संजाल मार्फत आफ्नो बिचार पस्कि रहने रेष्टुरेन्ट ब्यवसायिक राजु कार्की पनी चुप लागेर बस्न सकेनन उनी लेख्छन् “ नेपाली राजदुतावास को सिफारिस कै लागि फरक फरक रेट किन? आखिर श्रमिक लाई चाहिएको एउटा चिठी त होनि। बिचार गर्नु पर्यो ! नयाँ श्रम गर्न भन्दा पनि महङ्गो भयो कम्पनी चेन्ज गर्दा।”

पत्रकार अर्जुन भुसालले सिफारिस तथा सिफारिस बनाउन लाग्ने दस्तुरको चर्को बिरोध गरेका छन् । उनी लेख्छन् ” मैले कम्पनी फेर्दा नेपाल लाई पैसो दिनुपर्नेयो के सुन्दैछु ? दुताबास ले के प्रतिकृया दिएको छ कुन्नी। श्र्म गरेर आएपछी यो के झन्झट हो फेरी बुझिएन । यस्तै पारा हो भने फुकालेर देखाउनु पर्नेभयो सबैलेदुताबाश मा गएर। छातीको टाक हो है फुकाल्ने फेरी दिमाग अन्तै जाला फेरी”

के कुवेतवासी नेपालीहरुको बिरोध नेपाली राजदुतावास कुवेत र नेपाल सरकारले सुन्ला त ? त्यो त समयले नै बताउला , आशा गरौँ नेपाली राजदुतावास कुवेतले कुवेतवासी नेपालीहरुको हितमा रही समस्याको समधान चाँडो गर्ने छ ।
सिफारिस सम्बन्धी समाचार हेर्न यो लिंकमा जानुहोस
November 30, 2018 7:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण