नेपाल भलिबल क्लब कुवेतको आयोजनामा भलिवल प्रतियोगिता, अलघानिम कम्पनीले चुम्यो उपाधी
![]()
कुवेत । नेपाल भलिबल क्लब कुवेतदेवारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी अलघानिम कम्पनीले जितेको छ। बीईसी एक्सचेन्जको प्रायोजनमा कुवेतको महाबुल्ला आयोजना भएको उक्त भलिबल प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो।
.jpg)
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफाइनलमा बाग्लुङ सेवा समाजलाई हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो। प्रथम हुने टिमले नगद १०० केडी, मेडल, ट्रफी प्रमाण पत्र र दोस्रो हुने टिमले ५० केडी, मेडल, ट्रफी प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन्।
.jpg)
साथै प्रतियोगिताकै बेस्ट खेलाडीको रुपमा मुना मायदीका खेलाडी केस कुमार पुर्जाले मेडल पाउन सफल भएका छन् भने आयोजकले रेफ़्री र मिडियालाई पनि मायाको चिनो सहित सम्मान गरेको छ।
.jpg)
उक्त भलिबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता निकै राम्रोसँग सफल भएको भन्दै प्रतियोगिताका संयोजक राज मल्लले प्रायोजक, सहभागी टिम, आयजोकका प्रतिनिधि सदस्यहरु, कुवेतमा रहेका र सहयोग पुर्याउने मिडिया हाउस लयागत सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन।
.jpg)
.jpg)

.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन