आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न ! अध्यक्षमा अमृत तामाङ चयन ।

कुवेत – आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ । गत सुक्रवार कुवेतको फर्वानिया स्थित आइडियल अडीटोरियम हलमा बिभिन्न जातीय झाँकीका साथ सम्पन्न अधिवेशनमा अध्यक्षमा अमृत तामाङ निर्बिरोध चयन भएका हुन् ।

धन वहादुर काम्वाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली दुतावासका द्धितिय सचिव ज्ञान वहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने अधिवेशन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी लगायत तमु समाजका निवर्तमान अध्यक्ष खोप गुरुङ, सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार, एन आर एन ए का अध्यक्ष सुमित्रा पौडेल, मगर संघका उपाध्यक्ष मनु मगर, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर, संघिय समाजवादी कुवेतका प्रवक्ता राज कुमार राई, खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष प्रेम कटुवालले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम संचालन नैना कला राई र दिल कुमार पाख्रिनले गरेका थिए भने उपस्थित आगन्तुकहरुलाई मन्जित चाम्लिङ राईले मन्तव्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा किरात राई यायोक्खा कुवेतले साकेला, किरात याक्थुम चुम्लुङले केलाङ र च्याव्रुङ, मगर संघले कौडालगायत ८ वटा जातिय संघ संस्थाको झाँकी तथा साँस्कृति झल्किने प्रस्तुतीहरु पस्केका थिए।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ –
अध्यक्ष- अमृत तामाङ
उपाध्यक्ष- वल वहादुर काम्वाङ, राजु गुरुङ, मधुमाया मगर, टिकाराम सुनुवार
महासचिव– मन्जित राई ,
सचिव– दिल कुमार पाख्रिन,
कोषाध्यक्ष–मोहन राई
सह – कोषाध्यक्ष – राजन श्रेष्ठ
प्रवक्ता–राज कुमार राई,
सदस्यहरु – यम गुरुङ, कृष्ण वहादुर तामाङ, सुरेश गुरुङ, प्रकाश राई, माया राई, पासाङ शेर्पा, उमा तमुस्यो,डोल्मा तामाङ, शोभा गुरुङ, जय प्रकाश सुनुवार, रोशन राई, मेनुका सुनुवार, उमेश राई, युवराज राई, डेन्डी शेर्पा,सुक गुरुङ, सीता गुरुङ, निर्मला राई, सीता गुरुङ, सुरज मास्के, राजु गोले, आङ फुर्ली शेर्पा, रमिता योन्जन, र यम गुरुङ,












December 2, 2018 12:24 am | टप,प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण