पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
सोमबार साँझ बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।
सोमबार राति १२स् ०० बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।
मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११२ रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९९ रुपैयाँ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा अहिले निगमलाई धेरै राहत मिलेको निगमले विज्ञप्तिमा जनाएको छ ।
अहिले कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएककाले नेपाल आयल निगमले नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने जनाएको छ ।
अहिलेको मूल्य समायोजनपछि पनि भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १२–३२ रुपैयाँप्रति लिटरले र डिजेल १५–७१ रुपैयाँ प्रति लिटरले नेपालतर्फ नै सस्तो कायम भएको निगमले जनाएको छ ।उज्यालो
December 3, 2018 8:26 pm | अर्थ,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन