Wednesday 11th February 2026

पेटको अल्सरको लक्षण,कारण, र सावधानको उपाय

7 years अगाडी

काठमाडौं । पछिल्लो समय ब्यस्तता लगाएत सानो सानो हेलचेक्राई कारण कारण मानिसहरु समयमा स्वास्थ्य समस्या बढ्दै गएको छ । धेरै जसो अहिले मनिषहरुलाई ग्यास्टिकको समस्या बढ्दो छ । समयमा खाना नखानु, खाली पेटमा बढि चिल्लो पदार्थ खानु, ड्राई फुड जस्ता लगाएका कारण मानिसहरुमा ग्यास्टिककाको समस्या बढेको छ । सजका कारण आमसयको सानो आन्द्रमा घाउ बन्न सक्छ ।

सोही घाउबाट भएको प्वाल लाई अल्सर भनिन्छ । अल्सर बिशेष गरी ग्यास्टिकको कारण नै हुने चिकित्सहरुको भनाई छ । पाचन प्रणाली संग जोडिएको यस रोग अलि बढी नै खतरा रोग मानिन्छ । समयमै उपचार हुन नसके यसले ठूलो रुप पनि लिन सक्छ । त्यसैले हामी तपाईहरुलाई आज यस रोगको बारेमा केही जानकारी दिन गईरहेको छौं । जसले गर्दा तपाईहरुलाई यस रोग सम्बन्धि धेरै ज्ञान हुने बिश्वास लिन सकिन्छ ।

१. अल्सर रोग कसरि थाहा पाउने ? अल्सर रोग लाग्यो भने छाती वा पेटको माथिल्लो पट्टिको भाग दुख्छ । खाली पेट अथवा खान खाइसकेपछि पनि दुखिरहन्छ।उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ, भने उल्टिमा रगत पनि देखा पर्न सक्छ ।

२.अल्सर रोग लागेमा के खानेकुरा खाने ? चिसो दुध पटक पटक गरि दिनको ७.८ कप पिउने ।एकैपटक धेरै खान नखाने, थोरै थोरै ४–५ पटक दिनमा खाने ।खानामा दुध, दाल, बिस्कुट, पोस्ट भात, मुग्को दाल, स्याउ, जाउलो खाने ।फलफूलमा जस्तै अंगुर, पाकेको केरा , स्याउ, गाँजर खाने ।प्रोटिनमा अन्डा, पनिर, दाल खानु हुन्छ।

३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी, अमिलो दहि र अमिलो महि नखाने ।पेयपदार्थमा रक्सि, गाढा रंग हालेको चिया र कफी नखाने ।तेलमा तारेको अत्याधिक चिल्लो खानेकुरा नखाने।

४.अल्सर रोग लागेको बेला केके नगर्ने ?धर्मको नाउमा बर्त बसेर आत्मा नासुकाउने, ब्रत लिन छोडिदिने धेरै बेर भोकै नबस्नेमानसिक चिन्ता तनावहरु सबै छोडिदिनेदुख्यो भनेर आफूखुसी औषधि सेवन नगर्नेकालो चियाको प्रायोग गर्दै नगर्नेदिउसो सुत्ने बानि भए तुरुन्तै हटाउने ।राति अनिदो धेरै बेर सम्म नबस्ने

५. अल्सर रोगबाट बच्न आफैले गर्न सकिने उपाय शारिरी तथा मानसिक रुपमा आराम गर्ने बानि बसाल्ने खाना खाँदा कुनै चिन्ता नलिएर आरामले खाने तनावमा नबस्ने, रिसाएको जस्तो अनुहार बनाएर नबस्ने सधै हँसिलो भएर बस्ने ।कम गर्दागर्दै पेट पोल्न लग्यो भने २,३ पिस बिस्कुट खाने ।स्वास्थ्यका लागि सधैँ ब्याम गर्ने बनि बसाल्ने।डाक्टरको सल्लाह सुजाझ सधैँ पालना गर्ने ।

          December 5, 2018 10:58 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...