८ घण्टा भन्दा बढि र ६ घण्टा भन्दा कम सुत्नेको अकालमै ज्यान जान सक्छ !
एजेन्सी । मानिसको लागि निन्द्रा एकदमै महत्वपूर्ण कुरा हो । त्यसै कुरालाई ध्यानमा राखेर होला सायद दिनसँगै रात भएको। विभिन्न उमेरका मानिसहरको निद्राको आवश्यकता पनि फरक हुने गर्छ।कुनै उमेर समुहलाई ६ घण्टा सुत्दा पुग्छ भने कसैलाई अलि बढि पनि चाहिने हुनसक्छ । कति घण्टा सुत्नु पर्छ भन्ने कुरा थाहा पाउन जरुरी पनि छ ।
अनुसन्धानकर्ताहरूले धेरै कम र धेरै बढि सुत्नु दुबै स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्।यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिम रहेको अध्ययनले देखाएको छ। बढि सुत्दा मुटुसम्बन्धी कार्डियोभास्कुलर डिजिज लाग्न सक्ने सम्भावना रहेको अध्ययन औँल्याएको छ।
जसबाट अकालमै ज्यान जानसक्ने सम्भावना रहेको जनाइएको छ। युरोपियन हर्ट जर्नलमा प्रकाशित रिपोर्टका अनुसार १ लाख भन्दाबढी मानिसमाथि सर्वेक्षण गरिएको थियो।
जसमा ३० देखि ७० बर्ष सम्ममा २१ देशका नागरिक सहभागी थिए। ८ घण्टा भन्दा बढि सुत्ने र ६ घण्टा भन्दा कम सुत्ने दुवै थरिका मानिसलाई यस्तो जोखिम रहेको अध्ययनको दाबी छ।
December 6, 2018 10:38 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन