के तपाईंले फर्सीको मुन्टो खाने गर्नु भएको छ भने , हेर्नुहोस् यस्तो हुन सक्छ !
महिलाहरुको लागि बजारमा धेरै प्रकारका गर्भनिरोधक चक्कीहरु उपलब्ध छन् । तर अहिले आएर पुरुषको लागि पनि वैज्ञानिकहरुले गर्भनिरोधक जेलको आविष्कार गरेका छन् । यो पुरुषहरुको लागि आविष्कार गरिएको पहिले कन्सेप्शन हुनसक्छ ।पपुलेशन काउन्सिल र नेशनल इन्टिच्युट अफ हेल्थ, नेशनल इन्टिच्युड अफ चाइल्ड हेल्थ र ह्युमन डेभलपमेन्टको अनुसन्धानकर्ताहरुले मिलेर यस पुरुष जेलको आविष्कार गरेका हुन् । यस जेलले पुरुषहरुमा स्पर्म प्रोडक्शनमा कमी गर्न मदत गर्छ ।
अनुसन्धानको रिपोर्ट अनुसार यस जेलमा फिमेल सेक्स हर्मोन प्रोजेस्टेरोनका सिन्थेटिक वर्जन र पुरुषहरुमा पाइने टेस्टोस्टेरोन हर्मोनलाई समावेश गरिएको छ । यो जेल पुरुषहरुले आफ्नो काँध र कम्मरमा लगाउनुपर्ने बताइएको छ । त्यसपछि यो जेलमा भएको हर्मोनहरुले एब्सोर्ब गरेर पुरुषहरुमा स्पर्मको प्रोडक्शनमा कमी ल्याउँछ ।नेशनल इस्टिच्युड अफ हेल्थका अनुसार, यो जेल लगाएपछि पुरुषहरुमा हुने स्पर्मको मात्रा कम हुदै हुन्छ, तर लामो समयसम्म भने टिक्दैन यसका साथै यस जेलमा भएको टेस्टोस्टेरोनले पुरुषमा हुने नेचुरल टेस्टोस्टेरोन हर्मोनलाई कम गर्ने धेरै साइड इफेक्टहरुलाई पनि सुरक्षित राख्ने काम गर्छ, जस्तै इरेक्टाइल डिफङ्कशन, शरीरको रौं कम हुनु, आवाजमा परिवर्तन आदि ।
नेशनल इस्टिच्युट अफ हेल्थको कन्ट्रासेप्टिभ डेभलपमेन्ट प्रोग्रामको मुख्य लेखक डायना ब्लिथले बताए अनुसार केही महिलाहरुमा हुने हर्मोनल कन्ट्रासेप्शन मिल्न पाउँदैन । उनले थपिन्, ‘यो जेल सुरक्षित, बिना असर र रिवर्सिबल मेल कन्ट्रासेप्टिबहरुको आवश्यकता पूरा गर्नका लागि सक्षम हुन्छ ।’तपाईलाई यो पनि जानकारी गराऔं, नेशनल इन्स्टिच्युट अफ हेल्थले अमेरिकामा यो जेलको चाँडै क्लिनिकल ट्रायल गर्नेछ । जहाँ ४०० भन्दा बढी जोडीहरुमा यो जेल टेष्ट गरिने भएको छ । यसै ट्रायलबाट यो जेल कति सुरक्षित र विना असरको हुन्छ भन्ने कुरा थाहा हुने बताइएको छ ।
युनिभर्सिटी अफ वासिङटन स्कुल अफ मेडिसिनका डा.विलियम ब्रेमनरका अनुसार यस नयाँ जेलमा धेरै क्षमता र असररहित साबित हुनेछ । पुरुषहरुको लागि बर्थ कन्ट्रोलका लागि केवल कण्डम बाहेकको विकल्प नै थिएन । तर अब यो जेलको सहयोगले कण्डमको प्रयोग बिनानै बर्थ कन्ट्रोल गर्न सकिने भएको छ । वैज्ञानिकहरुले पुरुषहरुको लागि कन्ट्रासेप्टिव औषधि चक्कीहरु बनाउनका लागि प्रयास गरिरहेका छन्, तर अझैं पाँच वर्ष लाग्न सक्ने बताइएको छ ।
December 6, 2018 2:08 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन