सयौं वर्षदेखि यसलाई नुनखानी सम्झिरहेका थिए, अहिले खुल्यो आश्चर्यजनक रहस्य
वार्सा। पोल्याण्डको काक्रो शहरबाट १४ किलोमिटर टाढा एक रहस्यमयी नुन खानी छ । शताब्दीऔं पहिले बनेको यो सबैभन्दा ठूलो खानी अहिलेसंसारभरका पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । काक्रो शहरका नागरिकहरु सयौं पवर्ष पहिलेदेखि यसलाई नुन खानी सम्झिरहेका थिए । यो खानी बन्द भएपछि अहिले यसको तल केही शोधकर्ता पुगेका थिए । तल गएका शोधकर्ताहरु त्यतिबेला निकै आश्चर्यचकित भए जब यसको ४ सय फिट तल एउटा भव्य महल भेटियो ।
शोधकर्ताहरुले जब यसको खोजी गरे त्यसपछि उनीहरुले बताए कि यो खानी १५ औं शताब्दीभन्दा पहिलेको हो । त्यो समयमा नुनलाई निकै बहुमूल्य मानिन्थ्यो त्यसैले यस्ता खानीहरु राजा महाराजाले चलाउँथे । यहाँ काम गर्ने मजदूर दिनको धेरै समय यहीँ बिताउँथे । तिनै मजदूरहरुमध्ये केहीले खाली समयमा यहाँका नुनका पहाडमा कलाकृति बनाउन सुरु गरे । हेर्दाहेर्दै उनीहरुले नुनका चट्टानलाई मूर्तिको रुप दिए । त्यसपछि यो खानीको तलको बन्द रहेको भागलाई महलजस्तै सजाइयो ।

भनिन्छ कि मजदूरहरुले त्यहाँ राजा किंगाको आकृति बनाएका हुन् । सबै मजदूरहरु राजालाई निकै मान्थे र राजाको सम्मानको लागि उनीहरुले यस्तो गरे । अर्को भनाइअनुसार यहाँ मजदूरहरुलाई मारानीले खानी खन्न भनेकी थिइन् । जुन ठाउँमा महारानीले खन्न भनेकी थिइन् त्यहाँबाट बहुमूल्य औंठी पनि भेटिएको थियो ।
त्यसपछि मजदूरले रानीको सम्मानमा यी आकृति बनाए । फोटोमा यो खानीको तल बनेको महलका अद्भूत तस्वीर सार्वजनिक भइसकेका छन् । करिब ४४३ फिट तल बनेको महलजस्तै कोठाहरु र त्यहाँका कलाकृति हेर्न लायक छन् । मानिसहरु यहाँ आएर विश्वास गर्न सक्दैनन् कि उनीहरु जमिनको ४ सय फिट तल छन् । यो खानीमा अलग अलग गहिराइमा मजदूरहरुले यो कलाकारी गरेका थिए । करिब ३ सय ३० फिटको गहिराइमा एक भव्य चर्च बनेको छ । यो संसारको सबैभन्दा ठूलो अण्डरग्राउण्ठ चर्च हो ।
सयौं वर्ष पुरानो यो खानीमा यति धेरै कोठा छन् कि यहाँ पूरै घुम्न २ महिना लाग्न सक्छ । यसको तल करिब २ हजार कोठाहरु बनेको बताइन्छ । २००७ मा यो खानीलाई संरक्षित गर्ने काम सुरु भएको थियो । त्यसपछि यसलाई सर्वसाधारणको लागि खोलियो । संसारभरका पर्यटकहरु यहाँ घुम्न आउँछन् । अहिले यो पार्टी तथा विवाहको राम्रो गन्तव्य बनेको छ ।
December 7, 2018 10:40 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन