Saturday 22nd February 2025

सयौं वर्षदेखि यसलाई नुनखानी सम्झिरहेका थिए, अहिले खुल्यो आश्चर्यजनक रहस्य

6 years अगाडी

वार्सा। पोल्याण्डको काक्रो शहरबाट १४ किलोमिटर टाढा एक रहस्यमयी नुन खानी छ । शताब्दीऔं पहिले बनेको यो सबैभन्दा ठूलो खानी अहिलेसंसारभरका पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । काक्रो शहरका नागरिकहरु सयौं पवर्ष पहिलेदेखि यसलाई नुन खानी सम्झिरहेका थिए । यो खानी बन्द भएपछि अहिले यसको तल केही शोधकर्ता पुगेका थिए । तल गएका शोधकर्ताहरु त्यतिबेला निकै आश्चर्यचकित भए जब यसको ४ सय फिट तल एउटा भव्य महल भेटियो ।

शोधकर्ताहरुले जब यसको खोजी गरे त्यसपछि उनीहरुले बताए कि यो खानी १५ औं शताब्दीभन्दा पहिलेको हो । त्यो समयमा नुनलाई निकै बहुमूल्य मानिन्थ्यो त्यसैले यस्ता खानीहरु राजा महाराजाले चलाउँथे । यहाँ काम गर्ने मजदूर दिनको धेरै समय यहीँ बिताउँथे । तिनै मजदूरहरुमध्ये केहीले खाली समयमा यहाँका नुनका पहाडमा कलाकृति बनाउन सुरु गरे । हेर्दाहेर्दै उनीहरुले नुनका चट्टानलाई मूर्तिको रुप दिए । त्यसपछि यो खानीको तलको बन्द रहेको भागलाई महलजस्तै सजाइयो ।

भनिन्छ कि मजदूरहरुले त्यहाँ राजा किंगाको आकृति बनाएका हुन् । सबै मजदूरहरु राजालाई निकै मान्थे र राजाको सम्मानको लागि उनीहरुले यस्तो गरे । अर्को भनाइअनुसार यहाँ मजदूरहरुलाई मारानीले खानी खन्न भनेकी थिइन् । जुन ठाउँमा महारानीले खन्न भनेकी थिइन् त्यहाँबाट बहुमूल्य औंठी पनि भेटिएको थियो ।

त्यसपछि मजदूरले रानीको सम्मानमा यी आकृति बनाए । फोटोमा यो खानीको तल बनेको महलका अद्भूत तस्वीर सार्वजनिक भइसकेका छन् । करिब ४४३ फिट तल बनेको महलजस्तै कोठाहरु र त्यहाँका कलाकृति हेर्न लायक छन् । मानिसहरु यहाँ आएर विश्वास गर्न सक्दैनन् कि उनीहरु जमिनको ४ सय फिट तल छन् । यो खानीमा अलग अलग गहिराइमा मजदूरहरुले यो कलाकारी गरेका थिए । करिब ३ सय ३० फिटको गहिराइमा एक भव्य चर्च बनेको छ । यो संसारको सबैभन्दा ठूलो अण्डरग्राउण्ठ चर्च हो ।

 

सयौं वर्ष पुरानो यो खानीमा यति धेरै कोठा छन् कि यहाँ पूरै घुम्न २ महिना लाग्न सक्छ । यसको तल करिब २ हजार कोठाहरु बनेको बताइन्छ । २००७ मा यो खानीलाई संरक्षित गर्ने काम सुरु भएको थियो । त्यसपछि यसलाई सर्वसाधारणको लागि खोलियो । संसारभरका पर्यटकहरु यहाँ घुम्न आउँछन् । अहिले यो पार्टी तथा विवाहको राम्रो गन्तव्य बनेको छ ।

          December 7, 2018 10:40 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...