कपाल नुहाउने वित्तिकै यी गल्ती त गरिरहनु भएको छैन् ?
एजेन्सी । दिनभर हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ। केही गल्ती यस्ता जस जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि गर्ने गर्छन्। हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ। त्यो बेला हामीले केही गल्ती गर्यौ भने हाम्रो टुक्रिने तथा कपाल झर्ने समस्या बढ्न थाल्दछ। लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ।
आज हामीले नुहाएपछि गरिने केही गल्तीका बारेमा जानकारी दिदै छौँ :
मालिस गर्नु : चिसो कपाललाई मालिस गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसका कारण कपाल झर्न थाल्दछ। त्यसैले नुहाउने वित्तिकै चिसो कपाल कहिलै पनि मालिस नगर्नुहोस्।
कपाल कोर्नु : नुहाउने वित्तिकै चिसो कपाल नकोर्नुहोस्। चिसो कपालको जरा कमजोर हुने हुँदा कोर्दा झर्ने र टुक्रने समस्या बढ्न थाल्दछ।
हेयर स्टाइलिङ मेसिनको प्रयोग : कपाल नुहाउने वित्तिकै ड्राइ वा स्ट्रेट मेसिनको आवश्यक भन्दा बढी प्रयोग गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसकारण कपाल झर्ने र हाँगा आउने समस्या देखिन थाल्दछ।
कपाल बाँधनु : नुहाउने वित्तिकै चिसो कपाल नबाँधनुहोस्। जसका कारण इन्फेक्सन वा चायाँको समस्या बढ्छ र कपाल झर्ने समस्या देखिन थाल्दछ।
तुरुन्त बाहिर निस्किनु : कपाल नुहाउने वित्तिकै चिसो कपिाल लिएर बाहिर ननिस्किनुहोस्। चिसो कपालमा धुँलो कपालमा जम्छ र त्यसले चायाँ तथा इन्फेक्सनको समस्या समस्या देखिन थाल्छ। जसका कारण कपाल झर्न सुरु हुने गर्दछ।
December 7, 2018 11:43 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन