साउदि अरबमा Orential Ladies Group (OLG) मेला सम्पन्न ।
साउदि सम्वाददाता,
साउदी अरब- साउदी अरबको रियाद स्थिति Orential Ladies Group मा आवद्ध नेपाल, भारत र बंलादेशका कुटनितिक नियोगका कर्मचारीहरूको श्रीमतीहरूले एक बिशेष कार्यक्रम सम्पन्न गरेका छन् । आ-आफ्नो देशको संस्कृतिक, हस्तकला एवम् खानेकुरा लगायत अन्यकुराहरुको प्रबर्द्धन गर्ने उदेश्यले विशेष मेलाको आयोजना गरिएको हो । मेला रियाद स्थित रहेको बंलादेश दुतावास प्रांगणमा हिजो शुक्रबारका सम्पन्न भएको हो ।
उक्त मेलामा नेपाल, भारत र बंलादेशका आ-आफ्नो देशको विशेषता झल्किने विभिन्न हस्तकला गार्मेण्ट सामाग्रीहरूको व्यापारिक स्टलहरू राखिएका थिए भने खाद्य पकवानहरू लगायतका सामाग्रीहरु पनि मुख्य बिशेषतामा रहेका थिए ।
उक्त मेला बारे बोल्दै नेपालका साउदीको लागी राजदुत प्रा. डा. महेन्द्र सिं राजपुतले मेला अवलोकनको लागी उपस्थित भएका सबैलाई धन्यवाद व्यक्त गरे । एक फरक प्रसंगमा साउदीमा आएका नेपाली श्रमिकहरू जो कोही आएको ३ महिना भन्दा बढी र २ वर्ष ननाघेकाहरूले आफ्नो समस्याहरू राजदुतावासमा लिएर आएमा कम्तिमा एक महीनामा समस्याको समाधान गरिने विश्वास समेत व्यक्त गरेका छन्। पछिल्लो समयमा देखिएको विशेषता: ईकामा(अस्थाई बसोबास अनुमती पत्र) र श्रमिकहरूको तलब सुविधा बारे नेपाली श्रमिकहरू पिडित रहेको भए ( जो पहिलो २ वर्ष ननाघेका)उक्त समस्याहरू समधानको लागी दुतावास तत्पर रहेको बताए।
उक्त विशेष मेला साँझको चार बजे देखी रातको १० बजे सम्म चलेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी